नेपालगन्ज २१ चैत्र
शुक्रवार सामाजिक आधार समुह (ग्रुप अफ सोसल फाण्डेशन) ले नेपालगन्जमा राहत वितरण गरेको छ । बिहीवारबाट सुरु गरेको राहत वितरण कार्यक्रम शुक्रवार पनि वितरणलाई निरन्तरता दिएको हो । समुहले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा अति गरिव, विपन्न परिवारलाई राहत वितरण गर्दै आएको छ । कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न गरिव दुखि, अपाङग नागरिकलाई राहत वितरण गरेको हो । दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न नागरिकलाई सामाजिक आधार समुहले ५० घरपरिवारलाई राहत वितरण गरेको छ ।

राहतमा १० किलो चामल, १ किलो नुन, १ किलो दाल, १ पोका तेल वितरण गरेको सामाजिक आधार समुहका अध्यक्ष जावेद हल्वाईले जानकारी दिनुभयो । विपदको समयमा गरिव दुुखीको सेवा गर्न पाउँदा हर्षित भएको अध्यक्ष हल्वाईले जानकारी गराउनुभयो । राहत वितरणमा संस्थाका सल्लाहकार भगतराम थारु, उपाध्यक्ष ममता थापा, सचिव मेनुका रावतले राहत वितरण गर्नु भएको थियो । नगरका विभिन्न स्थानमा अझै राहत वितरण गरिने संस्थाले जानकारी गराएको छ ।
