केशव चालिसे , नेपालगन्ज २१ चैत्र :
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गेरुवा गाउँपालिकाले ३० लाख रकम विनियोजन गरेको छ ।
गेरुवा गाउँपालिकाले अति प्रभावित, विपन्न, निम्न वर्गिय तथा आश्रित परिवारको लागि ३० लाख रकम विनियोजन गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोान भाइरसको जोखिमको रोकथामको लागि गेरुवा गाउँपालिका रातदिन खटिरहेको व्यवहोरा अवगत गराउँदै गाउँपालिकाले लकडाउनबाट प्रभावित परिवारको लागि उक्त रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
कोेरोना भाइरसको सक्रमणलाई फैलिन नदिई यसको रोकथाम गर्न नेपाल सरकारले लकडाउनको घोषणा भएको अवस्थामा सम्पुर्ण गेरुवावासीहरुले उक्त लकडाउनको पुर्णरुपमा पालना गरि एक जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्दै आएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले जानकारी गराउनुभयो । यसैक्रममा लकडाउनको यो समयमा गेरुवा गाउँपालिकामा बसोबास गर्ने अति प्रभावित अति विपन्न निम्न वर्गिय तथा आश्रित परिवारलाई गेरुवागाउँपालिकाले ३० लाख रकम विनियोजना गरि राहत वितरणको कार्य तत्काल गाउँपालिकाले गर्ने अध्यक्ष केसीले जानकारी गरावउनुभयो ।
यस्तै गाउँपालिकाले लकडाउनको मौका छोपी कालोबजारी गर्ने व्यापारी अनुगमन गरि कारवाही गरिने अध्यक्ष केसीले जानकारी गराउनुभयो । कोरोना विपदको घडिमा कोरोन विरुद्धको लडाईको लागि गेरुवा गाउँपालिकाले एक कोष खडा गरेको हुँदा जिन्सी सहयोग उपलव्ध गराउन इच्छुक व्यक्ति तथा संघ संस्थाहरुले तपशिलको बैंक खातामा रकम जम्मा गरि सहयोग गरिदिन हुन अपिल गाउँपालिकाले गरेको छ । सहयोग गर्न चाहने व्यक्तिले मेगा बैंक गेरुवा गाउँपालिका शाखा बर्दिया खाता नंं. ०९९००१०००६६५७ मा जम्मा गरि सहयोग गर्न हार्दिक अनुरोध गरेको छ ।
गेरुवा गाउँपालिकामा हाल विदेशबाट आएकाहरुको विवरण संकलन गरेको छ जसमा २ सय १५ जना स्थानिय नागरिक विदेशबाट आएको गेरुवा गाउँपालिकाले जानकारी गराएको छ । उनिहरुको चेकजाँच गरि ३२ जनालाई गेरुवा गाउँपालिकाले संचालन गरेको क्वारेन्टाइनमा राखेको छ ।
