काठमाडौं, १९ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ हजार १४६ पुगेको छ ।
अहिलेसम्म विश्वभर ८ लाख ५८ हजार ३७१ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ७७ हजार ९३१ उपचारपछि घर फर्किएका छन् । अहिले ६ लाख ३८ हजार २९४ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ३२ हजार ८९८ जना भने गम्भीर अवस्थामा छन् ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ४२८ पुगेको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८३७ जनाको मृत्यु भएको छ भने ४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । तीमध्ये १५ हजार ७२९ जना पूर्ण रुपमा निको भएका छन् । अहिले ७७ हजार ६३५ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ४ हजारभान्दा बढीकाे अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा सबैभन्दा बढी काेराेना संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा १ लाख ८८ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । मंगलबार मात्रै अमेरिकामा २४ हजार ७ सयभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म अमेरिकामा काेराेनाबाट ३ हजार ८८९ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र अमेरिकामा ७४८ जानकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ६ हजार ४६१ जान भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले अमेरिकामा १ लाख ७८ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
स्पेनमा अहिलेसम्म काेराेनाका कारण ८ हजार ४६४ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७४८ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
स्पेनमा अहिलेसम्म ९५ हजार ९२३ जनामा संक्रमित भएको छन् । तीमध्ये १९ हजार २५९ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ६८ हजार २०० जनामा कोरोना संक्रिया रहेको छ ।
चीनमा अहिलेसम्म कुल ८१ हजार ५१८ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले २ हजार १६१ जनामा मात्रै कोरोनाको सक्रिय रहेकाे छ । ७६ हजार ५२ भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
एकैदिन ४ हजार बढीको मृत्यु, ७३ हजार संक्रमित
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३५७ जनाको मृत्यु भएको छ भने ७३ हजार भन्दा बढी संक्रमित भएका छन्।
छिल्लाे २८ घण्टामा सबैभन्दा बढी इटालीमा ८३७ मृत्यु भएकाे छ । त्यसपछि स्पने ७४८, अमेरिकामा ७४२, जर्मनीमा १३०, फ्रान्स ४९९, इरानमा १४१, बेलायतमा ३८१, स्वीजरल्याण्मा ७४, नेदरल्याण्डमा १७५, दक्षिण काेरियामा ४, बेल्जियममा १९२, अष्ट्रलियामा २०, टर्कीमा ४६, क्यानडामा १२, पाेर्चुगलमा २०, ब्राजितमा ३८ जनाकाे मृत्यु भएकाे छ ।
पछिल्लाे २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा भएकाे छ । अमेरिकामा ३४ हजार ७३६ संक्रमित भएका छन् । त्यस्तै इटालीमा ४ हजार ५३, स्पेनमा ७ हजार ९६७, जर्मनीमा ४ हजार ९३२, फ्रान्समा ७ हजार ५७८, इरानमा ३ हजार ११०, बेलायतमा ३ हजार ९, टर्कीमा २ हजार ७०४, नेदरल्याण्डमा १ हजार ३९ संक्रमित भएका छन् ।
अरू कुन देशमा कतिकाे मृत्यु ?
– जर्मनी
मृत्यु हुने : ७७५
कुल संक्रमित : ७१,८०८
निकाे हुने : १६,१००
– फ्रान्स
मृत्यु हुने : ३,५२३
कुल संक्रमित : ५२,१२८
निकाे हुने : ९,४४४
– इरान
मृत्यु हुने : २,८९८
कुल संक्रमित : ४४,६०५
निकाे हुने : १४,६५६
– बेलायत
मृत्यु हुने : १,७८९
कुल संक्रमित : २५,१५०
निकाे हुने : १३५
– स्वीजरल्याण्ड
मृत्यु हुने : ४३३
कुल संक्रमित : १६,६०५
निकाे हुने : १,८२३
– टर्की
मृत्यु हुने : २१४
कुल संक्रमित : १३,५३१
निकाे हुने : २४३
बेल्जियम
मृत्यु हुने : ७०५
कुल संक्रमित : १२,७७५
निकाे हुने : १,६९६
नेदरल्याण्डस्
मृत्यु हुने : १,०३९
कुल संक्रमित : १२,५९५
निकाे हुने : २५०
– अष्ट्रिया
मृत्यु हुने : १२८
कुल संक्रमित : १०,०८७
निकाे हुने : १,०९५
-दक्षिण काेरिया
मृत्यु हुने : १६२
कुल संक्रमित : ९,७८६
निकाे हुने : ५,४०८
-क्यनडा
मृत्यु हुने : १०१
कुल संक्रमित : ८,६१२
निकाे हुने : १,२४२
-पाेर्चुगल
मृत्यु हुने : १६०
कुल संक्रमित : ७,४४३
निकाे हुने : ४३
-इजरायल
मृत्यु हुने : २०
कुल संक्रमित : ५,३५८
निकाे हुने : २२४
