(Wednesday 28th of October 2026)
`

प्याब्सन बाँकेको अनलाईन बैठक सम्पन्न

  • यही १८ गतेभित्र २०७६ सालको परीक्षाफल प्रकाशित गर्ने निर्णय
  • सगरमाथा गन्तब्य
  • 15.6K
    SHARES

    नेपालगन्ज १६ बैशाख – निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) बाँकेको जिल्ला कार्य समितिको अनलाईन बैठक मंगलवार सम्पन्न भएको छ । प्याव्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्यको अध्यक्षतामा बैठक बसि विभिन्न निर्णय समेत गरिएको छ । अनलाईन बैठकले २०७६ सालको बार्षिक परीक्षाको परीक्षाफल यही बैशाख १८ गते आफ्नो अनुकुल समय मिलाएर प्रकाशित गर्ने, सामाजिक दुरी कायम राखी भर्ना गर्ने व्यवस्था मिलाउनका लागि स्थानिय एवं प्रदेश सरकारलाई अनुरोध गर्ने, साथै कक्षागत पाठ्य पुस्तकका लागि आवश्यक व्यवस्था मिलाउनका लागि समेत अनुरोध गर्ने, कोरोना भाइरसबाट बच्नका लागि अभियान एवं विद्यार्थीहरुलाई सचेत रहन अनुरोध गर्दै आ– आफ्नो बाबु नानीहरुलाई दैनिक रुपमा समय तालिका बनाई पठन–पाठन एवं अन्य दैनिक क्रियाकलापमा सरिक गराउन अनुरोध गर्ने निर्णय गरिएको प्याव्सन बाँकेका सचिव रोशन श्रेष्ठले जानकारी गराउनुभयो । कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दुरीलाई मध्यनजर गर्दै यसबारे सचेत रहन प्याब्सन बाकेका जिल्ला सल्लाहकार कृष्ण जिसीले जानकारी गराउनुभयो । नेपालमा पनि कोरोना भाइरसको कहरले झनै त्रसित बनाएकोले प्याव्सनले गर्न सक्ने सहयोग प्रदान गर्दै आएको सल्लाहकार जिसीले जानकारी गराउनुभयो । लकडाउनको अवस्थामा अत्यावश्यक कार्य बाहेक बाहिर निस्कन नहुने समेत जिसीले आग्रह गर्नुभयो । भयावाह स्थितिमा आफु र अरुलाई पनि सजग गराउन उहाँले अनुरोध गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology