(Wednesday 28th of October 2026)
`

आगामी जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान स्थगित

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    काठमाडौं, १३ बैशाख । आगामी जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने सरकारले निर्णय गरेको छ । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान आगामी जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
    सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले शनिबार आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
    यसभन्दा अगाडि यही बैशाख १८ गतेसम्मका लागि हवाई उडान रोक लगाइएको थियो भने शनिबार बसेको समितिको बैठकले जेठ २ गतेसम्मका लागि आन्तरिक तथा बाह्य सबै उडानलाई लकडाउनमै राख्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । लकडाउनको अवधि बढाउने नबढाउने निर्णय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी गराइएको छ । परिस्थिति हेर्दा लकडाउन पनि लम्बाउने समितिले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology