(Wednesday 28th of October 2026)
`

सातविसे गाउँमा चरीबाघ

  • सगरमाथा गन्तब्य
  • 26.4K
    SHARES

    लमजुङ १३ बैशाख। लकडाउनका बेला चरी बाघ गाउँमा पसेको छ । विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला चरीबाघ गाउँ पसेको हो । राइनास नगरपालिका ४ सातबीसे गाउँमा शुक्रबार राति चरीबाघ गाउँ पसेको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख मोहन काफ्लेले बताउनुभयो । सातविसे गाउँमा बाघ आएको खवर डिभिजन वन कार्यालयलाई आएपछि सोही नगरमा रहेको राइनास सबडिभिजनका कर्मचारीले उद्धार गरी नजीकैको जंगलमै छाडिदिएको उहाँको भनाइ छ ।  चरीबाघ सम्भवतः जिल्लामै पहिलो चोटि गाउँ पसेको उहाँको भनाई छ । तराईदेखि ४५ मिटरको उचाइसम्म जुनसुकै स्थानमा समेत चरीबाघ पाइने डिभिजन कार्यालय प्रमुख काफ्लेको भनाइ छ । उहाँले भन्नुभयो “वनजंगलमा आगलागी हुनु र लकडाउनका कारण सब स्थानमा सुनसान भएपछि जनावर गाउँ छिर्न थालेको हो ।” यसले मान्छेलाई आक्रमण नगरे पनि सानासाना पाठा, कुखुरालगायत खाने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology