(Wednesday 28th of October 2026)
`

प्रहरीका २४ डीएसपी एसपीमा बढुवा, को को परे नामावली सहित

  • सगरमाथा गन्तब्य
  • 12.4K
    SHARES

    काठमाडौं ११ वैशाख, नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको हो ।
    बढुवा समितको बैठकले २४ जना डीएसपीलाई बुधवार एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिँह, राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजज सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेको बढुवा समितिले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology