(Wednesday 28th of October 2026)
`

काठमाडौंबाट सयौं बस रातारात छुट्दै, प्रहरी भन्छ– बल प्रयोग गर्न मन मान्दैन

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES
    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा उपत्यकामा अलपत्र प्रदेश ५ का १७ सय बढी मजदुर घर फर्किए । उनीहरुका लागि ४४ बढी बस बुकिङ गरिएका थिए । लकडाउनका कारण पैदलै हिँडेका उनीहरुलाई प्रहरीले थानकोट नाकामा रोकेको थियो । आइतबार साँझ पनि ४ सय बढी मजदुरलाई घर पठाइएको थियो । यस्तै शक्ति बस्नेतको पहलमा पनि काठमाडौंबाट मजदुर घर फर्किए । सरकारमा रहेका मन्त्री र नेकपाका नेताको पछिल्लो ३ दिनयता दैनिक ६० देखि १ सय बस काठमाडौंबाट मजदुर बोकेर गन्तव्यतर्फ लागेका छन् । सरकारले लकडाउन उल्ल्ङ्घन गर्नेलाई कारवाही गर्ने बताए पनि पछिल्लो समय यात्रु धमाधम बसमा घर जान थालेका हुन् ।

    नेता र मन्त्रीले आ–आफ्नो क्षेत्रका मजदुर घर लैजान थालेपछि प्रहरीलाई पनि रोक्न मुस्किल परेको हो । तर स्वास्थ्य परीक्षण नै नगरी एकैचोटी बसमा लैजाँदा कोरोनाको जोखिम बढ्नसक्ने सम्भावना विज्ञहरुले औंल्याएका छन् । सञ्चारमाध्यममा बसको लाइन, यात्रुको भिडियो र तस्बिर आइरहदा पनि महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले एउटा बस पनि उपत्यका बाहिर नगएको दाबी गर्दै थिए । उनले लकडाउनको पूर्ण पालना गराइरहेको जिकिर पनि गरे । तर अन्य प्रहरी अधिकारीले नाम नबताउने सर्तमा दैनिक बसमा मजदुरलगायत अन्य व्यक्ति घर गइरहेको बताउँछन् । मंगलबार साँझ मात्रै जडिबुटी, कोटेश्वर क्षेत्रका पूर्वका विभिन्न जिल्लातर्फ जाने ६० बढी बस यात्रु बोकेर गएका थिए । एक प्रहरी अधिकारी भन्छन्,“सुरुमा मन्त्री र नेकपाकै नेताहरुले आ–आफ्ना मान्छे लैजान थाले । आफ्ना मान्छे नहुने अलपत्र पर्ने देखियो । साच्चिकै समस्या पनि छ । यस्तोमा बल प्रयोग गरेर रोक्न मनले मान्दैन । मजदुर र डेरामा बस्नेका समस्या सरकारले समाधान गरेको देखिएन ।”पछिल्लो समय कतिपय जिल्लामा पैदलयात्रुलाई प्रहरीले खाना समेत खुवाउन थालेको छ । स्रोतका अनुसार गृहले पनि घर जाने यात्रु र सवारीलाई नरोक्न मौखिक निर्देशन दिएको छ । १२ खरीबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology