(Wednesday 28th of October 2026)
`

राहत वितरणमा अनियमितता भएको भन्दै वडा कार्यालय र नगरपालिका अगाडी प्रदर्शन

  • सगरमाथा गन्तब्य
  • 20.3K
    SHARES

    नेपालगन्ज ०८ बैशाख
    नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ मा विवाद सृर्जना भएको छ । वडाले राहत वितरणमा आफुखुसी गरेको भन्दै स्थानियवासी आन्दोलनमा उत्रिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा राजनितिकरण र जनप्रतिनिधिको मनोमानि तरिकाले राहत वितरण गरेको भन्दै स्थानियवासी आन्दोलन, वडा कार्यालयमा धर्ना र तालावन्दी समेत गरेका छन् । लामो समय लकडाउन हुँदा अति विपन्न परिवार मर्कामा परेका छन् । वडाले वितरण गरेको राहत पारदर्शि तरिकाले नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का स्थानियवासी वडामा ताला समेत लगाएका थिए भने दोश्रो चरणको राहत वितरणमा पनि मनोमानि गरिएको भन्दै उनिहरुले वडा कार्यालय परिसरमा विरोध प्रदर्शन गरेका छन् । जसले पाएको छ उसले पाएको पाए छ नपाउनेले वडा कार्यालय धाएको धाए छ एक स्थानियले भन्नुभयो । दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई वडा कार्यालयले छानविन गर्न सकेन कसरी छनोट गर्यो स्थानिय राधिका हमालले भन्नुभयो । वडाले घरबेटीको नागरिकता फोटोकपि, बत्तिविल मागेको थियो त्यो पनि बुझाउँदा समेत राहत दिन अटेरी गरेको हमालले गुनासो गर्नुभयो ।
    आइतवार दिनभरि वडा कार्यालय तनावमय थियो । राहत नपाएको भन्दै स्थानियवासी वडा कार्यालय घेराउ गरे । सोमवार पनि वडा कार्यालय पुगेका स्थानियवासी वडा कार्यालय बन्द देखेपछि नेपालगन्ज उपमहानगरपालिका पुगे र केही वेर धर्ना दिए । लकडाउनको बेला जसोतसो नगरपालिका पुगेका स्थानियवासी आफ्नो जायज माग पुरा गर्न राय राखे । सुनवाई नगरेपछि अरु स्थानियवासी घरतिर अधुरो मुख लगाएर फर्के वडा नं. ४ का मन रावतले भन्नुभयो । दुई हप्तादेखि दुख दिएपनि एक मुठि चामल समेत नपाएको रावतले बताउनुभयो ।

    जनप्रनितिधिको घरमा २, ३ पटक राहत बाडे तर नपाउनेले भोकभोकै रहेका छन् उहाँले भन्नुभयो । हामीलाई न्याय चाहियो कति दिन बस्ने उहाँले भन्नुभयो । दैनिक आजभोली मिल्छ भन्दै बोलाउदै झुक्काउने गरेको उहाँले बताउनुभयो । पहुँचको आधारमा राहत वितरण गरिएको भन्दै पटक पटक स्थानियवासीले वडा कार्यालय घेराउ गरिरहेका छन् । वडामा राहत वितरणमा पारदर्शि बनाउन नागरिक समाजलाई अगुवाई गर्न दिन अति आवश्यक रहेको स्थानिय समाजसेवी विजय गुप्ताले भन्नुभयो । पहुँचवालाले राहत लगेको लगे छ अरु हेरेको हेरे छन् उहाँले भन्नुभयो ।
    समाजसेवी गुप्ताले राहत वितरणमा पनि एकरुपता गर्न जरुरी रहेको बताउनुभयो । कसैलाई काखा कसैलाई पाखा गराउनुभएन उहाँले भन्नुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले भने राहत बाड्ने कार्यक्रम एकदमै अप्थ्यारो रहेको जानकारी गराउनुभयो । पहिलो चरणको राहत वितरण गरिसकेका छौं र दोश्रो चरणको राहत वितरण पनि बाड्ने क्रममा रहेको उहाँले जानकारी गराउनुभयो । वाहिर जिल्लाबाट आएका नागरिकका लागि केही न केही आधार भए राहत दिने नगरप्रमुख राणाले जानकारी गराउनुभयो । राहत वितरण चुस्त दुरुस्त बनाउन हामीले नाम तयार गरिरहेका छौं केहीदिनमै सार्वजनिक गरि राहत वितरणमा सहजता ल्याउने उहाँले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका भित्र राहत वितरणमा खासै विवाद नभएको नगरप्रमुख राणाले बताउनुभयो । राहत वितरण कार्य सरल नभएको कारण कुनै कुनै ठाउँमा समस्या आउछ यसमा ठुलो रुप लिन आवश्यक नभएको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology