(Wednesday 28th of October 2026)
`

सोमवार साँझा ४ बजेपछि औषधी पसल बाहेक अन्य पसल खोले कारवाही गर्ने

  • सगरमाथा गन्तब्य
  • 15.7K
    SHARES

    नेपालगन्ज ०७ बैशाख
    सोमवारदेखि औषधी पसल बाहेक कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ । अत्यावश्यक औषधी पसल बाहेक साँझा ४ बजेपछि कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गरि जानकारी गराएको हो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट हुन सक्ने संभावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारद्धारा देशव्यापी रुपमा जारी भई कार्यन्वयनमा रहेको लकडाउनको आदेशलाई प्रभावकारी बनाउन बाँके जिल्ला भरि सोमवारदेखि लागुहुने गरि अर्को सूचना जारी नभएसम्मको लागि औषधी पसल बाहेक अन्य सम्पुर्ण पसल व्यवसायहरु साँझा ४ बजेदेखि पुर्णरुपमा बन्द हुने व्यवहोरा सवैको लागि अनुरोध गरेको छ । साथै सूचनालाई उलङघन गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology