(Wednesday 28th of October 2026)
`

पैसा कमाउन शहर पसेका नागरिकलाई लकडाउनमा गृहजिल्ला प्यारो

  • दैनिक शहर छोड्ने नागरिक बढे
  • सगरमाथा गन्तब्य
  • 7.5K
    SHARES

    नेपालगन्ज ०७ बैशाख
    लकडाउनका कारण अहिले शहरमा कमाउन पसेका नागरिकमा समस्या भएपछि सयौं नागरिक गृहजिल्ला पैदल यात्रा तय गरेका छन् । लामो समय लकडाउन भएपछि खाना लाउन र काम पनि बन्द भएपछि दैनिक सयौ नागरिक शहर छोडी गृह जिल्ला तिर लक्कने गरेका हुन् । केही पैसा कमाउन बजार पसेका नागरिक अहिले लामोदुरी पनि पैदल यात्रा गर्दै आफ्नो गन्तव्य तर्फ लागेका छन् ।
    पुर्वपश्चिम राजमार्गमा अहिले विहान, दिउँसो र राती पनि सयोै नागरिक भोकभोकै हिडेरै गन्तव्य तर्फ लाग्दै गरेका छन् । चिउरा चाउचाउमात्र खाएर उनिहरु ५÷६ दिनको पैदलयात्रा गर्दै आएका छन् । लामोदुरी पैदलयात्रा गरेको देखेर अहिले स्थानिय सरकार तथा प्रदेश सरकार र संघिय सरकारले पनि उनिहरुको व्यवस्थापन तिर अग्रसरता देखाएको छ । ठाउँ ठाउँबाट उनिहरुको उद्दार गरि खानपिनको व्यवस्थापन समेत गर्दै आएको छ । एक जिल्लाबाट अर्को जिल्लासम्म पु¥याउने र उनिहरुको समस्याको समाधान पनि गर्दै आएका छन् । ३÷४ दिनदेखि राप्ती सोनारी गाउँपालिकाले पुर्वपश्चिम राजमार्गमा पैदलयात्रा गर्ने नागरिकलाई उद्दार र उनिहरुको खाना व्यवस्थापन गर्दै आएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।


    यस्तै चन्द्रागिरी नगरक्षेत्रका जनप्रतिनिधिको पहलमा शनिबार सातवटा बसमा समस्यामा परेका विभिन्न जिल्लाका नागरिकहरुलाई पठाइदिएपछि आज पनि सयौँको संख्यामा त्यहाँ सर्वसाधारण पुगेका छन् ।
    तर स्थानीय तहले अहिले यसरी पठाउन र खान बस्न दिन नसकिने बताएको छ । हामीले साच्चै अप्ठेरोमा परेका मजदुरवर्गलाई सहयोग गरेका हौँ, वागमती प्रदेशसभा सदस्य रमा आले मगरले भनिन, तर आज काठमाडौंमै पनि डेरा भएका र डेरामा बस्न समस्या नभएका पनि आएको पायौँ । यसरी सबैलाई हामीले पठाउनै सक्दैनौँ ।
    विभिन्न क्षेत्रका नागरिक अभियानले त्रिभुवनपार्क पुग्नेहरुको व्यवस्थापन गर्दै आएको थियो । तर अहिले नजिक घर भएका पनि आउने थालेपछि समस्या भएको उनीहरुको गुनासो छ ।
    अभियानमा खटिएका अगुवाहरुले आज पनि कम्तिमा २५० जना नागरिक जम्मा भएको उल्लेख गर्दै नजिक हुनेहरुलाई घर फर्कि्दिन आग्रह गरेको छ भने जो रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट आएका छन् उनीहरुलाई मात्रै त्यहाँ बस्ने व्यवस्था गर्ने र भोलिका दिनमा कसरी पठाउन सकिन्छ भन्नेबारेमा छलफल गर्ने बताएका छन् ।


    शनिबार विभिन्न जिल्लाबाट आएका ३०२ जनालाई सातवटा बसमा पठाइएको थियो । यहाँ आउने सबैलाई पठाउँछन् भन्ने म्यासेज सञ्चारमाध्ममा गयो, आले मगरले भनिन, त्यस्तो होइन, जो नजिकको हुनुहुन्छ, काठमाडौंमा डेरा छ उहाँहरु आफ्नै कोठामा बसिदिनूस् । एकदमै समस्यामा परेकालाई मात्रै हामीले शनिबार सहयोग गरेका हौँ । सबैलाई होइन । नजिक हुनेहरुलाई आफ्नो कोठामा सुरक्षित बसिदिन उनको आग्रह थियो । नजिक बस्ने व्यवस्था हुनेहरुलाई जनप्रतिनिधिले आफ्नै ठाउँमा फर्किन र खाने व्यवस्थाका लागि वडाका लागि अनुरोध गर्ने आश्वासन दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology