(Wednesday 28th of October 2026)
`

५ दिनको पैदलयात्रा चाउचाउ र चिउरासंग

  • पुर्वी जिल्ला कमाउन गएका नागरिकको सडकमा विचल्ली
  • सगरमाथा गन्तब्य
  • 12K
    SHARES

    नेपालगन्ज ०६ बैशाख
    लकडाउनका कारण बाहिर जिल्लाबाट गृह जिल्ला आउने नागरिक दिनप्रतिदिन बढदै गएका छन् । लकडाउन घोषणा गरेदेखि नेपालभरी अत्यावश्यक सवारीसाधान बाहेक केही पनि सवारीसाधान नचलेपछि कमाउन गएका नागरिक पैदलयात्रा गर्दै घर फर्किन थालेका छन् । नेपालकै पुर्वी जिल्लामा कमाउन गएका मजदुर नागरिक दैनिक ५ सय बढिको हाराहारीमा पूर्व–पश्चिम राजमार्ग हुँदै दाङ, बाँके, बर्दिया, कैलाली कन्चनपुरका नागरिक लामोदुरी पैदल यात्रा गर्दै गृहजिल्ला आउन लागेका हुन् । सवारी साधान नचलेपछि उनिहरु कति दिन विना कामको बस्ने, भन्दै गन्तव्य तर्फ लागेको पुर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा भेटिएका नागरिकहरु बताउँछन् । करिव २४ दिन लकडाउन भएपछि न काम गर्न पाए न राम्ररी खाना पाएपछि पैदल यात्रा तय गरेको बर्दियाका सागर चौधरीले बताउनुभयो ।


    अहिले राजमार्गमा पैदल यात्रा गर्नेको लस्करै ग्रुप भेटिने गरेको छ । शुक्रवार बाँकेको नेपालगन्जदेखि करिव ९० किलोमिटर टाढा बाँके र दाङको सिमानामा ३७० जना नागरिक नेपाली सेनाको व्यारेक नजिकै रोडमा बसिरहेका थिए । उनिहरुको गुनासो र सुन्न हामी त्यहाँ पनि पुगेका थियो । उनिहरु पैदल यात्रा गरेर थकित अवस्थामा देखिन्थे भने कोइ कोइ भोक प्यासले सुतिरहेका थिए । न गर्मि मानेका थिए न उनिहरुलाई कसैको चिन्ता थियो खाली उनिहरुमा घरको चिन्ताले पिरोलिरहेको थियो बैजनाथ गाउँपालिकाका सिता बरालीले भन्नुभयो ।
    पैदल यात्रा गरेको आज ३ दिन ३ रात भयो खुटटा सुनिएको छ उहाँले भन्नुभयो । उता न राम्ररी कमाई भयो यता बाटोमा यति दुख पाईयो उहाँले भन्नुभयो । दाङ र बाँकेको सीमा क्षेत्र शिवखोला नजिक नेपाली सेनाको चेकपोस्टको दक्षिणी किनारमा २७० जना थकित अवस्थामा पल्टिरहेका थिए । नेपाली सेनाको अनुसार दिउँसो सवा तीन बजेसम्म ४१९ जनाले पैदलयात्रा गरेको रेकर्डमा उल्लेख गरेका छ । प्रचण्ड गर्मीमा घाम, भोक नमानी जंगलको बाटोमा यात्रीहरु पैदल हिड्दै गन्तव्य तर्फ लम्कदै थिए ।


    कतिपय अवस्थामा साना बालबालिका, महिला र जेष्ठ नागरिकको विचल्लीमा परेको देखिन्थ्यो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री उनीहरुको उद्दार र खानपानको जोहोमा लागेका थिए । दुई दिन देखि पैदय यात्रु पनि नेपाली नागरिक हुन उनिहरु पनि मानव भएको नाताले मानविय नाता पुरा गरेको राप्तीसोनारी गाउपालिकाका प्रमुख लाहुराम थारुले जानकारी गराउनुभयो । मेरो क्षेत्रमा सकेजति सहयोग गरिरहेको छु उहाँले भन्नुभयो ।


    पैदययात्रीहरुको रुवाबासी र खान नपाएको पीडा उस्तै थियो । घरसम्म पुग्न नपाएपछि उनिहरु बाटोमा कहिले प्रहरी, सेना तथा उद्दारमा खटिएका समाजसेवीतर्फ आक्रोस पोखिरहेको देखिन्थ्यो । जिल्ला कट्ने वित्तिकै अनेक थरिका नाटकले गर्दा आफुहरु धेरै दुख पाएको उनिहरुको गुनासो छ । एकजिल्लाबाट अर्को जिल्लामा जान सहज भएपनि अर्को जिल्लामा पुग्दा अनेक थरिका बहानाबाजीले कहिले ट्रकबाट झार्ने त कहिले पैदल यात्रा पनि गर्न नदिने जस्ता कार्यले धेरै दुख पाएको उनिहरुको गुनासो थियो । शुक्रवार पैदलयात्रा हिड्दै आएका नागरिकलाई राप्ती सोनारी गाउँपालिकाले उद्दार गरि उनिहरुको भोकप्यासलाई मेटाएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ । पैदल हिडेर आएका करिव ५ सय नागरिकलाई राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा राप्तीसोनारी उद्योग वाणिज्य संघको सम्मन्वयमा उनिहरुको खानपिनमा सहकार्य गरि गन्तव्य सम्म पु¥याएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology