(Wednesday 28th of October 2026)
`

लकडाउन लम्बिएपछि पसल खोल्न पाउनुपर्ने विराटनगरका व्यापारीकाे माग

  • सगरमाथा गन्तब्य
  • 11K
    SHARES
    • तारा आचार्य

    विराटनगर, ४ वैशाख । विश्व नै कोरोना भाइरस महामारीबाट गुज्रिएको बेला नेपालमा पनि लकडाउनको समय लम्बिएकोे छ । लकडाउन लम्बिएसँगै सर्व साधारणहरुले काम गर्न नपाएको र खानलाउन समस्या परेको गुनासो गरेका छन् । उद्योगहरु बन्द हुँदा घर भाडा तिर्न र परिवारलाई पाल्न समस्या परेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । दैनिक काम गरेर परिवार पाल्दै आएकाहरु सरकारले एकपटक दिएको राहतले पनि नपुग्ने गुनासो र्गछन् । हरेक दिन पूरै पसलहरु बन्द गर्नुपर्दा व्यापारीहरुलाई पनि समस्या परेको गुनासो गरेका छन् । उनीहरुले दैनिक २ घण्टा पसल खोल्न पाउनुपर्ने माग राखेका छन् । उनीहरुले कोरोना भाइरसको संकटका समयमा बन्द भएकोमा गुनासो होइन गरी खाने वाटो रोकिएकोमा समस्या परेको सुनाए । विराटनगरका अधिकांश पसलहरु बन्द छन् ।

    भीडभाड हुने गुद्री बजार पनि स्थानीय सरकारले बन्द गराएको छ । तरकारी, फलफूल बेच्नेहरुले पनि बेच्न नपाएको गुनासो गरेका छन् । मोरङमा प्रहरीले लकडाउनको समयमा घरबाहिर ननिस्किन आह्वान गर्दै हिडेको छ । सडकमा हिड्नेहरुलाई दुई घण्टासम्म बाटोमा होल्ड गर्ने गरिएको छ । मोरङमा ६३ किलो मिटर खुल्ला सीमाना रहेको छ । सीमामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको गरी ७२ वटा चेक पोष्ट राखिएको छ भने ७ सय प्रहरीहरु संगै १ सय प्रहरीको साथि म स्वयं सेवकहरु खटाइएको छ । लकडाउनको पालना कडाइका साथ गरिरहेको मोरङ प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई कानूनी कारवाही समेत गर्न सक्ने जानकारी दिएको छ ।

    यसैबीच मोरङमा ६ सय ९३ क्वारेन्टाइन बेड संख्या रहेका छन् भने ८० जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेसनमा २ जना राखिएको छ । आइसुलेसन वेड संख्या १ सय २७ रहेको स्वास्थ्य कार्यालय मोरङले जानकारी दिएको छ । यसै गरी अहिले सम्म ९७ जनाको आरडीटी गरिसकेको र ६६ जनाको स्वाब परीक्षण गरेकोमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । मोरङका स्थानीय तहहरुमा १२ सय आरडीटी किट वितरण गरिएको सो कार्यालयले जानकारी दिएको छ । मोरङ जिल्लाका १७ स्थानीय तहहरुमा पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology