(Wednesday 28th of October 2026)
`

लकडाउनको ड्रोनबाट अनुगमन 

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    वुटवल । तानसेन– पाल्पामा लकडाउन प्रभावकारी बनाउन ड्रोनबाट अनुगमन गरिने भएको छ । कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समितिको बुधबार बसेको बैठकले जिल्लामा जारी लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउनका लागि ड्रोनबाट अनुगमन गरिने, आफ्ना वडा क्षेत्रमा बाहिरबाट जो जहाँ भेटिन्छ त्यही क्वारेन्टाइनमा राख्नुपर्नेलगायत निर्णय गरेको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए ।  समितिले औषधि, खाद्यान्न, दूध, स्वास्थ्योपचारलगायत अति आवश्यक सेवा लिने व्यक्तिबाहेकलाई अनाश्यक हिँडडुलमा कडाइका साथ रोक लगाउने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्र्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले जानकारी दिए । १२ खरीबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology