नेपालगन्ज ०३ बैशाख
सि.एस. फिल्मस् धनगढीले बेष्ट म्युजिक भिडियो अवार्ड दिने भएको छ ।
सिएस फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक भएका २१ वटा गितले बेष्ट म्युजिक भिडियो अवार्ड पाउने भएका छन् ।
सी एस फिल्मस युट्युब च्यानेलबाट २०७६ बैशाख १ गते देखि २०७६ चैत्र ३० गतेसम्ममा रिलिज भएका सम्पूर्ण थारु म्युजिक भिडियोहरुको ३ चरणमा विभाजन गरि छनोट प्रक्रिया अगाडी बढाएको सिएस फिल्मस् धनगढीका प्रबन्ध निर्देशक सतिश सिन्हाले जानकारी गराउनुभयो । डान्सिङ्ग म्युजिक भिडियो, मेलोडी म्युजिक भिडियो र कल्चरल म्युजिक भिडियोबाट १÷१ जना गरि ३ वटा बेस्ट म्युजिक भिडियो छनौट अनलाईन भिवर्सबाट भोटिङग गराईने र जुन भिडियो सर्बाधिक भोट प्राप्त गर्नेछ सो म्युजिक भिडियो २०७६ को बेष्ट म्युजिक भिडियो मान्ने प्रबन्ध निर्देशक सिन्हाले जानकारी गराउनुभयो । बेष्ट म्युजिक भिडियो अवार्ड पाएका कलाकारलाई सिएसको तर्फबाट पुनः ३ ओटै भिडियोमा मोडल÷मोडेलको भुमिका खेल्ने अवसर दिने उहाँले जानकारी गराउनुभयो । निशुल्क खेल्ने अवसर सिएस फिल्मसले व्यवस्थापन र खर्च लगाउने जानकारी गराएको छ । २०७६ बैशाख १ गते देखि २०७६ चैत्र ३० गते सम्म सिएसबाट १३ वटा डान्सिङग, ५ वटा मेलोडी र ३ वटा कल्चरल भिडियो गित सार्वजनिक भएका छन् ।
