(Wednesday 28th of October 2026)
`

बेटर बाँकेद्धारा राहत वितरण

  • सगरमाथा गन्तब्य
  • 16.5K
    SHARES

    नेपालगन्ज ०३ बैशाख
    हाल विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाको कारणले दैनिक ज्यालामजदुरीमा छाक टार्ने परिवारलाई केही सहजता प्रदान गर्न युवराज देवकोटाको अध्यक्षतामा नयाँ वर्षको दिन बेटर बाँके टिमले चप्परगौडी क्षेत्रका ३ अति विपन्न घरमा (प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, साबुन) वितरण गरेको थियो ।
    सोही दिन हवल्दारपुरको राम मा.वि मा क्वारेन्टाइनमा रहेका ६७ भारतीय नागरिक जो नेपालमा मागेर खाने गर्नुहुन्थ्यो उहाँहरुलाई ६० केजी आलु, २५ केजी लौका र २५ केजी काक्रा वितरण गरेको बेटर बाँके अभियानका व्यवस्थापक तथा कोहलपुर कोर्डिनेटर निर्मल भुसालले बताउनुभयो । नयाँ वर्षको दिनमा पनि एक्लो महसुस गर्दै मलिन अनुहारमा बस्नुभएका अशहाय ,अशक्त आमाबुवाका लागि थोरै भएपनि नयाँ वर्षको अनुभुती दिलाउन निलसागर आश्रममा फलफुल र तरकारी वितरण गरेका हौ भनी बेटर बाँकेका संस्थापक राजु चन्दले बताउनुभयो ।
    बेटर बाँके टिम वैशाख २ गतेका दिन पनि बिहानैबाट राहत संकलन र वितरणमा लागेका थिए । बेटर बाँकेका सल्लाहकार सामाजिक अभियान्ता रिसि थापाका अनुसार बेटर बाँके टिमले २४ परिवारका अति विपन्न लोपोन्मुख जाती गन्धर्व जातीलाई ६० केजी आलु ,२५ केजी बोडी र फलफुल बितरण गरेको जानकारी प्राप्त भएको छ । २ गते नै बैजनाथ ४ र कोहलपुर २ का अति विपन्न अति नै दुखी ६ परिवारमा यो अभियानले राहत वितरण गरेको हो । बेटर बाँकेको यो अभियानमा आफु पनि सरिक हुन पाएकोमा अत्यन्त आनन्द महसुस भएको सि.बी कन्सलटेन्सीका प्रबन्धक रोहित चन्दले बताउनुभयो । बेटर बाँकेको अभियान सारा बाँके जिल्ला लगायत नेपालीको शशक्त अभियान भएकाले आफुले पनि केही सहयोग गरेको शुभलक्ष्मी स्टोरका हेमन्त भट्टराईले बताउनुभयो । अभियानमा खटिने कमल पन्थी , सृजना बिसी लगायत सम्पूर्ण बेटर बाँके टिम र देश विदेशबाट सहयोग गर्ने मनकारी व्यक्तित्वलाई व्यवस्थापक भुसालले धन्यवाद दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology