(Wednesday 28th of October 2026)
`

खजुरा वडा नं. ६ का ७५ घरपरिवारलाई खाद्यान्न बितरण

  • सगरमाथा गन्तब्य
  • 19.5K
    SHARES

    साहिल अन्सारी
    नेपालगन्ज १७ चैत्र
    बिश्वनै यतिबेला कोरोना भाइरस कोभिड १९ को महामारीको चपेटाबाट त्रसित छ । हाल नेपालमा पनि उच्च जोखिम रहेको बिश्व स्वास्थ्य संगठनले समेत पुष्टि गरिसकेको छ । एकसाता अघि देखि नै लकडाउन भैसके पछि दैनिक मजदुरीबाट जिवनयापन गर्ने तथा शारीरिक अशक्तता भएका खजुरा गाउँपालिका वडा न. ६ उढरापुरका ७५ घर परिवारलाई दैनिक खाद्यान्न सामग्री बितरण गरिएको वडा अध्यक्ष साबिर अन्सारीले बताउनुभयो । अध्यक्ष अन्सारीका अनुसार आईतवार र सोमबार गरि ७५ घर परिवारलाई अति अवाश्यक परिवारलाई बितरण गरिएको र थप परिवारलाई आवश्यकता देखिए अनुसार वितरण गरिने जानकारी गराउनुभयो ।

    उहाँका अनुसार जसरी हामीले चुनावको बेला भोट माग्न गएका थियौ त्यसरी नै अहिले पनि आर्थिक बिपन्न परिवारलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी हो उहाँले भन्नूभयो । खाद्यान्न सामाग्री बितरण गर्दै अध्यक्ष अन्सारीले जनतालाई निराश नहुनका साथै उच्च सतर्कता अपनाउन समेत आग्रह गर्नुभयो । खाद्यान्न बितरण कार्यक्रममा वडा सदस्य जग बहादुर बि.क., कृष्ण माया नेपाली, हजुरा बम साथै राजेन्द्र बर्मा लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology