नेपालगन्ज १७ चैत्र
विश्वा व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) का विरुद्ध बैजनाथ गाउँपालिका सक्षम बनाउनका लागि नेपाल कम्युनिस्ट पर्टी (नेकपा) क्षेत्र नं. ३ (क) प्रदेशको बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ । क्षेत्र नं. ३ (क) प्रदेश कमिटी संयोजक घुमन बहादुर दमाईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकले प्रदेश क भित्र रहेका १२ वटै वडामा विदेशवाट फर्किएका ब्यक्तिहरुको पहिचान गरि स्थानीय सरकारले स्थापना गरेका क्वारेनटाईनमा बस्नका लागि यथासिघ्र पहलकदमी लिई सम्पुर्ण जनमानसहरुमा आहवान गर्ने, लकडाउन सफल बनाउनका लागि सम्पुर्ण पार्टी कमिटी र पार्टी सदस्यहरुलाई निर्देशन गर्ने, कोरोना भाईरस विरुद्ध लड्न र यसबाट पर्न सक्ने महाविपत्ति रोक्न र जनमानसलाई राहत पु¥याउने उद्देश्यका साथ विपत ब्यवस्थापन कोष दल बहादुर सुनारको सयोजकत्वा ७ सदस्य गठन गरिएको छ जसमा सयोजक दल बहादुर सुनार र सदस्यहरुमा गुमान बहादुर दमाई, चन्द्र बहादुर चौधरी, देव बहादुर रावत, मिरा कार्की, निसार अलि दर्जी, गरिबे सेख रहेका छन् । कोरोना भाईरसका विरुद्ध लकडाउनका कारणले अति बिपन्न परिवार र ज्याला मजदुरी बिना दिनचार्य चल्न नसक्ने घरधुरीको तथ्यांक एकहप्ता भित्रमा सम्पुर्ण वडा कमिटीले सम्बन्धित कमिटीलाई बुझाउने जिम्मेवारी दिइएको थियो ।

