नेपालगन्ज १६ चैत्र
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का युवाहरुले राहत संकलन गरि वितरण गरेका छन् । आइतवार हाम्रो युवा टोली नाम उल्लेख गरि वडा नंं. १४ का युवा टोलीले राहत संकलन गरि १४ घरधुरीलाई वितरण गरेका हुन । वडा नंं. १४ को बालेगाउँ र भवनियापुरका अति विपन्न, गरिव, दुखी, असाहाय अशक्त परिवारलाई ५ के.जी. चामल, १ के.जी. दाल, १ के.जी नुन र ५०० ग्राम तेल वितरण गरेका थिए । विपतका बेला ति युवाले स्वस्फुर्त रुपमा राहत संकलन गरि वितरण अभियानमा लागेका हुन् । अभियान जारी रहेको वडा नं. १४ का युवा अंकित मिश्राले जानकारी गराउनुभयो । विपतको समयमा अति गरिव, दुखी परिवार तपाईको छरछिमेकमा छन अथवा मनकारी हात अगाडी बढाउन चाहने इच्छुक व्यक्ति संघसंस्थाले सहयोग गर्न सक्ने युवा मिश्राले जानकारी गराउनुभयो ।

सम्पर्कका लागि राज वर्मा ९८२२५९५११७, मिथुन वर्मा ९८६८३२८१२८, रवी राय ९८१५५१२००७, सुरेश सोनकर ९८१६५४५६६१, सेराज बागवान ९८०४५९७८
