(Wednesday 28th of October 2026)
`

लकडाउनको सदुपयोग, टिकटक बनाउनमा व्यस्त कलाकारहरु

  • सगरमाथा गन्तब्य
  • 19.2K
    SHARES

    भगतराम थारु
    नेपालगन्ज १६ चैत्र
    विश्वभर फैलिरहेको कोरोना भाइरस नेपालमा पनि ५ जनामा पोजेटिभ भेटिएको छ । कोरोना भित्रिन नदिन नेपाल सरकारले ६ दिन अगाडीदेखि जनता कफ्यु अर्थात लकडाउन लागु गरेको छ । लामो समय लकडाउनको पालना गरिरहेका कलाकारहरु घरमै विताइरहेका छन् त कोही बन्दमा फसेका छन् । लडकडाउनको समयमा घरमै बसेर टिकटक, पुराना फोटो तथा युट्युव हेर्दै दिन विताइरहेको राष्ट्रिय थारु कलाकार मंचका केन्द्रिय सदस्य सन्देश कुमार चौधरीले बताउनुहुन्छ । दिनभर पुराना फोटो हेदै फेसबुक चलाउदै दिनवित्ने गरेको केन्द्रिय सदस्य सन्देशले म्यासेन्जरमा कुरा गर्दै बताउनुभयो । कोरोना भाइरसको बारेमा चेतना मुलक सन्देश फेसबुकका साथीहरुलाई जानकारी गराउँदै आएको समेत उहाँले जानकारी गराउनुभयो । यस्तै अर्का केन्द्रिय सदस्य तथा चर्चित मोडल विवश चौधरी भने म्युजिक भिडियोको छायाङकनको लागि धनगढी बसाईको बेला नै लकडाउनमा परेको बताउनुभयो । लकडाउनको सदुपयोग गर्दै टिकटक, भिडियो कल र मनोरञ्जनात्मक क्रियाकलाप गर्दै चिठ्ठा अनुसार पालैपालो खाना बनाउदै रमाउदै दिनचर्या वितिरहेको उहाँले बताउनुभयो ।

    यस्तै डाइरेक्टर तथा मोडल केशव चालिसेले टिकटक बनाउँदै दिन वित्ने गरेको बताउनुहुन्छ । दिनभरी टिकटक बनाउने, फिल्म हेर्ने र कलाकारहरुको ग्रुप टिममा भिडियो कल गर्दै दिन वितिरहेको चालिसेले बताउनुभयो । थारु चर्चित गायक विश्व सागर परियारले भने गित लेख्ने, साथीभाईहरुसंग भिडियो कल गर्दै दिन वितिरहेको बताउनुहुन्छ । लकडाउन खुल्ने वित्तिकै ठुलो योजना छ यसमा सवै कलाकारहरुसंग खाली समयमा गफ गर्दै वित्ने गरेको गायक परियार बताउनुहुन्छ । यस्तै चर्चित मोडल मुकुन्द जिसीले भने मानविय सेवा गर्दै दिनचर्या वित्ने गरेको बताउनुहुन्छ । दिनभरि मानविय सेवा अर्थात औषधीको थोक विक्रि वितरणमा समर्पित हुन्छु खाली समयमा टिकटक, फेसबुक र भिडियो कलमा विजि हुन्छु जिसीले भन्नुभयो ।

    डान्स डाइरेक्टर कुन्दन चन्दले पनि टिकटक बनाउने, घरमै डान्स कम्पोज गर्ने र बाँकी समय सुतेर विताउने गरेको बताउनुहुन्छ । बर्दिया गुलरिया नगरपालिकाका मोडेल सुनिता चौधरीले भने फोटो सुट गर्ने, टिकटक बनाउने, युट्युवमा नयाँ नयाँ फिल्म हेर्दै दिन वितिरहेको बताउनुहुन्छ । बुटवल खैरनीका डान्सर सोनम कठरियाले भने टिकटक बनाउने, डान्स गर्ने, फेसबुक, भाइबर, इमो लगायतमा साथीहरुसंगको हालखवर बुझ्दै दिन वित्ने गरेको उहाँले बताउनुहुन्छ । डान्सर मोडेल ममता चौधरीले भने पुनारा पुराना फोटो खोज्दै फेसबुकमा हाल्ने, टिकटक बनाउने र ग्रूप भिडियोमा गफगाफ गर्दै दिन विताइरहेको बताउनुहुन्छ । डान्सर तथा मोडल सम्झना चौधरीले भने घरको काम गरेर र पुराना पुराना किताव खोज्दै पढ्दै दिन वित्ने गरेको बताउनुहुन्छ । डान्सर तथा कोरियोग्राफर प्रदिप थारुले भने टिकटक र डान्स मै दिन वित्ने गरेको बताउनुहुन्छ ।

    यस्तै डान्सर ममता चौधरी, सन्जिता चौधरी, मोडल डान्सर सन्दिप विसी, मोडल सुनिता दहित, मोडल पुजा चौधरी, विमल चौधर, मोडल राजकुमार चौधरी, मोडेल लक्ष्मी थारु, मोडल विकास थारु, रुपा चौधरीले टिकटक र फेसबुक र परिवारसंग दिन विताउने गरेको बताउछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology