(Wednesday 28th of October 2026)
`

लकडाउन बढाउने सम्भावना

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठकमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी भइरहेका कामहरुको समीक्षा हुने बताइएको छ । काेराेना राेकथाम गर्न एक साताका लागि मुलुकभर लकडाउन गरिएको छ । सो अवधि कम्तीमा थप एक साता लम्ब्याउनेबारे मन्त्रिपरिषदमा छलफल हुने स्रोतले जनाएको छ । यही चैत ११ गतेदेखि लागु गरिएको लकडाउन चैत १८ गते बिहानसम्म रहनेछ । तर त्यसअघि नै लकडाउन लम्ब्याउनेबारे सरकारले तयारी गरिरहेको बुझिएको छ ।

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री आपूर्ति तथा व्यवस्थापनबारे कार्ययोजना बनाएको समेत जनाइएको छ । लामो लकडाउनका कारण दैनिक ज्यालादारी मजदूर तथा विपन्न वर्गलाई गुजारा चलाउन गाह्रो हुने भएकाले यसका लागि समेत सरकारले राहत प्याकेज घोषणा गर्न सक्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology