नेपालगन्ज १४ चैत्र
बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले शुक्रवार फेरि नेपालगन्जमा समाजिक कार्य गरेको छ ।
कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जको आम जनता र नेपालगन्ज क्याम्पसको कोरेनटाइनमा खटिएका सेनालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । शुक्रवार करिव ७०० पिस नेपाली सेना, प्रहरी, र आम जनतामा सर्जिकल माक्स हस्तान्तरण गरिएको हो ।
नेपालगन्जमा वडा न. २, ४, १०, १२ र १३ का गरिब जनता, राजमार्गमा खटिएका प्रहरी, नेपाली सेना क्याप्टेन बिकास पुनलाई १०० थान माक्स, सर्जिकल क्याप, सर्जिकल पन्जा हस्तान्तरण गरेको ध्वनि खबर टिभिका सम्पादक उदय सिंह श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनले सो स्थितिलाई मध्यनजर गर्दै काठमाडौंबाट नेपालगन्ज सम्म सुरक्षाकर्मीहरुलाई कोरोनाबाट बच्ने उपायको सीप दिदै, सुरक्षाकर्मीहरुलाई माक्स हस्तान्तरण गर्दै आएको उहाँले बताउनुभयो ।
सम्पादक श्रेष्ठले गरिब जनतालाई माक्स वितरण कार्य जारी राख्ने बताउनुको साथै मुलुक अहिले संकटको अवस्थामा भएको बेला सक्नेले आफ्नो दायित्व सम्झेर माक्स, सेनिटाइजर वितरण गर्न गराउन सबैलाई अपिल पनि गर्नुभयो ।

