(Wednesday 28th of October 2026)
`

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अस्पतालमा भर्ना

  • सगरमाथा गन्तब्य
  • 10.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए ।

    उनको स्वास्थ्यमा समस्या देखिएपछि राति नै प्रधानमन्त्री ओलीलाई थप उपचारका लागि अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ । उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको स्रोतले जानकारी दियो ।

    नागरिकलाई घरमै रहन आग्रह गर्दै आफूले निवासबाटै सरकार, सत्ता चलाइरहेको बताएका प्रधानमन्त्रीले स्वास्थ्यको फलोअप पनि बालुवाटारबाटै गरिरहेको सचिवालयले बिहीबार जानकारी गराएको थियो ।

    “मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरूले बालुवाटारमै आएर नियमितजसो फलोअप गरिरहनुभएको छ । सङ्क्रमण नहोस् भनेर उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ,” प्रेस सल्लाहकार सूर्य थापाले भनेका थिए ।

    बाह्य सङ्क्रमण नछिरोस् भनेर प्रधानमन्त्री निवासको २ नम्बर र ३ नम्बर गेटमा स्वास्थ्य जाँच गरिने र सुरक्षाकर्मी निश्चिन्त भएपछि मात्रै भित्र पठाउने गरिएको थियो । प्रधानमन्त्रीले आफ्नै सचिवालय सदस्यहरूसँग पनि भेटेका थिएनन् । आवश्यकताअनुरूप फोनबाटै सबै काम गरिरहेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology