-नेपालगन्ज १४ चैत्र-
सामुहिक रुपमा नमाज नपढ्न नेपालगन्जका मस्जिदमा अनुरोध गरिएको छ । दारुल उलुम फैजुन्नबी, जामा मस्जिद इदगाह संचालक समिती नेपालगन्जले बिहिबार एक विज्ञप्ती जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नेपाली मुस्लिमहरुलाई आ आफ्नो घरबाटै नमाज पढ्न अनुरोध गरेको हो ।
संचालक समितिका महासचिव मोहम्मद इरफान सिद्दिकीद्वारा जारी विज्ञप्तीमा ‘भनिएको छ संसारभर फैलिएको कोरोना कोभिड १९ जान लेवा भाइरस भएकोले, नेपाल सरकारको भेला, भिडभाड प्रति लगाइएको प्रतिबन्धको निर्णयलाई अवगत गराउदै र समर्थन गर्दै सबैले आ आफ्नै घरबाट नमाज पढ्न अनुरोध गर्दछौं विज्ञप्तीमा’ भनिएको छ ।
