नेपालगन्ज, चैत १३
नेपालगन्ज उपमहानगरपालिकाकाले रानीतलाउ तरकारी तथा फलफुल मण्डी समिति र तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि विहिवार छलफल गरेको छ । वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके सहितको प्रतिनिधित्व रहेको बैठकले गरेका निर्णयहरु यसप्रकार छन् .
बैठकमा तरकारी मण्डीबाट खुद्रा विक्रेता ठेला र साईकलमा वडामा तरकारी विक्रि वितरण गर्ने विषयमा छलफल केन्द्रीत भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरका अनुसार स्थानीय प्रशासनसँग समन्वय गरिदैछ ।
तरकारी मण्डी रहेको वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताको अध्यक्षतामा भएको बैठकमा समितिका अध्यक्ष मोतीसरा खड्का सहितका ब्यवसायी, उपमहानगरपालिकाका प्रशासन प्रमुख शरद पौडेल, वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, जिल्ला प्रशासनका वेदेश्वर गौतम लगायतको सहभागिता रहेको थियो ।
