अंकित श्रीवास्तव
नेपालगन्ज ०९ चैत्र
हिजो आज सारा संसारलाई त्रसित बनाएको कोरोना तपाई हामी मानवजातीका लागी एक चुनौती बनिरहेको छ । चिन, इटाली, भरत जस्ता शक्तिशाली राष्ट्रलाईपनि घुडाँ टेक्न बाध्य बनाएको छ । त्यसैले मानवलाई बाच्नगाह्रो बनाउने कोरोना एक भाइरस हो भनेर भनि रहदाँ हामी मानवजातीले समान तरिकाले पृथ्वीको आयु घटाउने विभीन्न वातावरणीय तत्व, जैविक, अजैविक स्रोतको नाश गरेर पृथ्वीलाई एक चुनौती खडा गरिरहेका छौँ । त्यसैले पृथ्वीका लागी हामी मानिसहरु मानवरुपी कोरोना सावित भएका छौँ ।
कोरोनाबाट संक्रमित मानिसलाई सास फेर्न गाह्रो हुने, मुटु सम्बन्धि रोगीहरुलाई त अभैm गाह्रो बनाउने गर्छ । त्यसरी हामीले गर्ने अमानविय ार्यले पृथ्वीमा विकारयुक्तग्यासको उत्पादन गरेर पृथ्वीलाई सास फेर्न गाह्रो बनाएका छौँ ।
सिगाँन, ¥यालको थोपामाआंकित रहेर एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्न गरेभैँ मानिस पनि लोभ र लालचमा आंकित रहेर पृथ्वीकै सुन्दरतालाई विगार्दै एक ठाउँबाट अर्को ठाउँमा सरिरहेका छौँ । दैनिकजसो वातावरण प्रदुषितगर्ने, श्रपिक सुख र लोभका दिर्घकालिनहानी पु¥याउने हामी मानवजातीलाई पृथ्विले पनि एक भाइरस सरह मानेको छन् भनेर भन्ने ठाउँ भने छैन ।

चिनबाट सुरु भएको भाइरसले अहिले हजारौँको संख्यामा मानवजातीलाई विनाश गरिसकेको छ । त्यसैगरी ठुला र विकसित राष्ट्रले धेरै र सबै राष्ट्रले केही केही मात्रामा वातावरण प्रदुषण गरेर मन्धगतिमा पृथ्वीको पनि विनाशगर्दै छन् । यसरी मानवले पृथ्वीलाई र कोरोनाले मानवलाई गर्ने व्यवहार कहिकता एक समान छैन र ? अनि कसरी भनु कि हामी मानवरुपी कोरोना होइन भनेर ।
कोराना लगेका मानवलाई उच्चतापक्रममा ज्वरो आउछँ अनि सलवायु परिवर्तनले गर्दा पृथ्वीलाई पनि त ज्वरो नआउने होइन । रुघाखोकी लाग्ने, कमजोरी महसुस हुने जस्ता शारिरीक असन्तुलन मानवमा देखिन्छ भने अतिवृष्टि, अनावृष्टि जस्ता मौसममा असन्तुलन पृथ्वीमा देखिन्छ । यसरी कोरोनाले गर्दा मानवमा अनि मानवले गर्दा पृथ्वीमा देखिने लक्षण एक समान भए पछि कहिँ हामी मानवरुपी कोरोना त होइन भनेर सोच्नु पर्ने भएको छ ।
अनुसारमा लगाउने मास्कले तपाई हामीलाई बचाए भैm ओजोन तहले पृथ्वीलाई बचाँउछ, पटकपटक हातधुने, भिडभाडमा नजाने जस्ता रोकथामका उपायबाट आफु कोरोनाबाट बचौँ अनि अनावश्यक सहरीकरण, प्रदुषण आदि जस्ताकार्य न्युनीकरण गर्दै पृथ्वीलाई बचाउ अनि मानवरुपी कोरोना कहलिबाट बचौँ ।
