(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा एकै दिनमा ४० वेडको अस्पताल निर्माण

  • सगरमाथा गन्तब्य
  • 19.6K
    SHARES

    नेपालगन्ज ०९ चैत्र
    बाँकेको नेपालगन्जमा पछिल्लो २४ घण्टामै ४० वेडको आइसोलेशन अस्पताल तयार गरिएको छ ।
    विश्वभर फैलिरहेको कोरोना भाईरस बिरुद्धको जिल्ला स्तरीय समन्वय समितिले २४ घण्टामै ४० बेडको अस्पताल तयार पारेको हो । नेपालगन्जस्थित खजुरा रोडमा रहेको लायन्स डेन्टल अस्पताललाई आइसोलेशन कक्षमा परिणत गरिएको हो ।

    समन्वय समितिका संयोजक उमा थापा मगरले भारतबाट आउने नागरिकहरुका कारण कोरोना संक्रमणको जोखिम बढेकाले रातारात आइसोलेशन वेड सहितको अस्पताल तयार गरीएको बताउनुभयो । तयार गरीएको अस्पतालमा कोरोनाको संक्रमण देखिएका बिरामीहरुलाई उपचारका लागि राखिने उहाँले जानकारी गराउनुभयो । सुरक्षाको हिसावले पनि उपयुक्त रहेको लायन्स डेन्टल अस्पतालमा ४० बेडको आकस्मीक अस्पताल संचालन गरिएको थापाले बताउनुभयो । भारतीय नागरिकलाई भन्सार नजिकै रहेको महेन्द्र बहुमुखि क्याम्समा क्वारेन्टाइनको व्यवस्था गरि राखिने उहाँले जानकारी गराउनुभयो ।
    भारतबाट आउने नागरिकलाई क्वारेन्टाईनमा १४ दिन राख्ने र १४ दिन पछि सेम्पलमा कस्तो खालको भाइरस देखिएको छ त्यसै अनुरुप गरिने उहाँले जानकारी गराउनुभयो । नेपालगन्जको डेन्टल अस्पताल र खजुरा क्यान्सर अस्पतालमा संङकास्पद व्यक्तिलाई राखेर उपचार गरिने उहाँले व्यवस्था मिलाई रहेको जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology