नेपालगन्ज, ९, चैत्र
खाद्यान्न र ग्याँस जस्ता अत्यावश्यक बस्तुको कालो बजारी हुन नदिन बाँकेमा अनुगमनलाई तिब्र पारिएको छ । कोरोना भाईरसको मौकाछोपी बजारमा अभाव श्रृजना गरि कालोबजारी गर्ने बिरुद्ध वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय र खजुरा गाउँपलिकाको संयुक्त टोलिले खजुरामा पहिलो पटक अनुगमन गरेको हो । खजुराका उपभोक्ताहरुबाट ब्यापक गुणासो आएका कारण बजारका खाद्य वस्तु र ग्याँस पसलहरुको अनुगमन गरिएको वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए । उनले अनुगमनका क्रममा खाद्यवस्तुहरुको उपभोग्य मिति सकिएको, मूल्यसूचि नराखेको, बिल नकाट्ने, खरिद बील नराखेर बिक्रि बितरण गरेको पाईएको बताए । उनले ग्याँस पसलको अनुगन गर्दा ग्यास रहेको र ग्याँसको अभाव नदेखिएको बताए ।
आफूहरु निर्वाचित भैसकेपछि खजुरा बजार क्षेत्रको पहिलो पटक अनुगमन गरिएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिकले बताईन् । उनले खाद्यवस्तु, ग्याँस र पेट्रालियम पदार्थको अभाव भयो भन्ने ब्यापक जनगुणासो आएकाले पहिलोपटक अनुगमन गरिएको बताईन् । खजुराबजार हेर्दा सबै कुराले पूर्णता पाएको र कुनैपनि कुराको अभाव नभएको भएतापनि जतिबेला देशलाई संकट पर्छ, समस्याहरु आउछन् त्यही मौका छोपेर ब्यापारीहरुले राज्यलाई सहयोग नगरि झन अभाव श्रृजना गरेर समस्या निम्त्याएको अनुगमनका क्रममा देखेको उप प्रमुख बिकले जनाईन् । उनले डिलरमा ग्याँस राखिएको छ तर उपभोक्तलाई नदिईएको भन्दै यस्तो संकटको अवस्थामा ब्यापारीहरुले सरकारलाई सहयोय गर्नुपर्ने र स्थानीय सरकारले पनि त्यही चाहना राखेको बताईन् । यदी ग्याँस कम्पनीले नै नदिने हो भने स्थानीय सरकारले यस्तो अवस्थामा कम्पनीसंग समन्वय गरि ब्यापारीलाई सहज उपलब्ध हुने वातावरण बनाउन सक्ने भन्दै अनुगमनका क्रममा ब्यपारीहरुले नै लुकाउने गरेको, बिल नदिने, पसलको नबिकरण नगरेको, मदिरा, कस्मेटिक, खाद्य, ग्याँस एउटै पसलमा राखिएकाले नितिगत नभएको पाईएकाले आगामी दिनमा मासिक रुपमा अनुगमन गरिने उप प्रमुख बिकले जानकारी गराईन् ।
