(Wednesday 28th of October 2026)
`

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाद्धारा नगरबासीको नाममा सम्बोधन

  • सगरमाथा गन्तब्य
  • 9.8K
    SHARES

    नेपालगन्ज ०९ चैत्र

    आदरणीय नेपालगञ्जबासी दिदीबहिनी तथा दाजुभाइहरू,
    कोरोना भाइरस (कोभिड १९) को महामारी यतिबेला विश्वब्यापी स्वास्थ्य समस्याको रुपमा देखिएका छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना अहिले विश्वका अधिकांश मुलुकहरूमा फैलिसकेको छ । विश्वका शक्तिशाली र विकसित मुलुकलाई समेत यससंग जुध्न कठिन परिरहेको अवस्था छ । नेपालमा हालसम्म यो रोग देखिएको छैन । तर नेपालगञ्जसँग सीमा जोडिएका भारतीय शहरमा यो रोग देखिईसकेको छ । भारतका विभिन्न स्थानबाट दैनिक हजारौं नेपालगञ्ज नाका हुँदै फिर्ता भईरहेका कारण मुलुकका अरु स्थान भन्दा नेपालगञ्ज उच्च जोखिममा छ । अहिलेको विषम परिस्थितीमा रोग देखिएको छैन भनेर ढुक्क भएर बस्ने अवस्था छैन । तसर्थ नगरबासी थप सजग, सचेत र सावधान हुन जरुरी छ । आम नागरिकको स्वास्थ्य सबैभन्दा ठुलो र महत्वपूर्ण हो । स्थानीय सरकारले सधै जनस्वास्थ्यलाई प्रमुख मान्दै आएको छ । कोरोना भाईरस विश्वव्यापी स्वास्थ्य समस्या बनिसकेको अवस्थामा नेपालगञ्जमा रोगको संक्रमण हुन नदिन पुर्व तयारीसँगै यसबाट हुन सक्ने प्रभावका बारेमा नेपालगञ्ज उपमहानगरपालिकाले निरन्तर पहलकदमी लिदै आएको छ । संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वयमा विभिन्न काम भईरहेको अवस्था छ । नेपालगञ्ज उपमहानगरपालिका समेतको अग्रसरतामा नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टान स्थापनाको तयारी भईरहेको छ । भारतबाट मालसामानको नियमित आपुर्ती भईरहेका कारण बजारमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव हुन नदिन बजर अनूगमनमा तिव्रता दिइएको छ । संकटको घडिमा कालोबजारी गर्नेहरुलाई कानून अनुसार हदैसम्मको सजाय हुनेछ । तसर्थ भविष्यमा वस्तु तथा मालसामानको अभाव हुन्छ कि भनेर एकैसाथ धेरै मालसामान खरिद गरि बजारमा दैनिक उपभोग्य सामानको अभाव हुने अवस्था सिर्जना हुन नदिन सम्पूर्ण नगरबासीमा अनुरोध गर्दछु । नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा कोरोना विरुद्ध संयुक्त तयारीका लागि जिल्ला स्तरीय टास्कफोर्स गठन भएको छ । विभिन्न समितिले तदारुकताका साथ काम गरिरहेको अवस्था छ । उपमहानगरपालिकले जमूनाह नाका, विमानस्थल, बसपार्क र बढि मानिसहरु जम्मा हुने स्थानमा हेल्थडेस्क संचालन गरिरहेको छ ।

    आदरणीय नगरबासी दिदिबहिनी तथा दाजुभाईहरु,
    विश्वका शक्तिशाली देशहरुले पनि महामारीसंग जुध्न नसकेको अवस्थामा हामीले रोगको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउन जरुरी छ । तत्कालिन समयमा पक्कै पनि दैनिक जीवनयापनमा पनि केही असहजता हुनेछ । तर महामारीसँग जुध्नका लागि यो अत्यावश्यक पनि छ । यसैगरी विगतमा भन्दा अझ बढि र प्रभावकारी ढंगले ब्यक्तिगत सरसफाईमा ध्यान दिन पनि उत्तिकै आवश्यक छ ।
    तेश्रो मुलुक तथा भारतका विभिन्न स्थानबाट भित्रिईरहेका नेपालीहरुलाई १४ दिनसम्म घरमै क्वारेन्टाईनमा बस्न आग्रह छ । आम नगरबासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध छ । यतिबेला सिंगो विश्व नै महामारीबाट आक्रान्त बनिरहेको अवस्थामा प्रत्येक नागरिक पनि जिम्मेवार भई प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो बिश्वास छ ।
    अहिले सम्म रोग नदेखिएको अवस्थामा संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज शिक्षण अस्पताल सहितका विभिन्न अस्पतालहरुबाट गर्ने ब्यवस्था मिलाउन समन्वय गरिएको छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मी एवं उपचार तथा अन्य कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ काम गर्न अपिल गर्दै उहाँहरुका लागि आवश्यक श्रोत साधन र उपकरण तत्काल ब्यवस्था मिलाइने छ ।
    आदरणीय नगरबासी दिदिबहिनी तथा दाजुभाईहरु,
    यतिबेला स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने अवस्था आएको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको मिति २०७६ साल चैत ९ गते बसेको आकस्मिक बैठकले गरेको निर्णय म यहाँ सार्वजनिक गर्न चाहन्छु ।

    ड्ड अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २०७६ चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने
    ड्ड उपमहानगरपालिकाका वडाबाट हुने सिफारिसको सम्पूर्ण कार्य बन्द गर्ने
    ड्ड उपमहानगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरि आन्तरिक कार्य मात्र गर्ने
    ड्ड उपमहानगरपालिकाले नगर बस,सटरभाडा लगायत अन्य भाडा २०७६ चैत २१ गते सम्मका लागि मिनाह गर्ने,
    ड्ड स्वास्थ्यकर्मीहरुलाई उपकरण लगायत अत्यावश्यक सामाग्री र उपकरण तत्काल ब्यवस्थापन गर्ने,
    ड्ड सम्पूर्ण वडाहरुले थ्रि लेयरको मास्क निर्माण गर्न लगाई वितरण गर्ने
    ड्ड विपन्न समुदायका लागि साबुन वितरण गर्ने
    ड्ड नगर क्षेत्रमा सरसफाईमा ध्यान दिदै ससाना नालाहरु सफा गर्ने, चुना लगाउने र घास हटाउने कार्य गर्ने
    ड्ड कोरोना भाईरसबाट आम नगरबासीलाई सुरक्षित राख्न विभिन्न प्रचारात्मक अभियान चलाउने
    ड्ड सम्पूर्ण वडाहरुमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परीक्षण गर्ने
    ड्ड नगर बस,महेन्द्र पार्क र रानी तलाउ १५ दिनसम्म बन्द गर्ने
    ड्ड नगर प्रहरी परिचालन गरि खुला मासु तथा खुला तथा फुटपाथमा चाट तथा अन्य विक्रि वितरण बन्द गर्ने
    ड्ड सरसफाईकर्मीहरुले अनिवार्य मास्क र ग्लोव लगाएर मात्र काम गर्ने ब्यवस्था तत्काल मिलाउने
    ड्ड कोरोना भाईरस (कोभिडं १९) पुर्व तयारीका लागि स्थापित कोषमा सहयोगका लागि सम्पूर्ण उद्योगी ब्यवसायी,सहकारी, संघ संस्था तथा सहयोगदातामा हार्दिक अनुरोध गर्ने । धन्यवाद

    अत्यमा कोरोना भाईरस विरुद्ध जुध्नका लागि स्थानीय सरकार वा कुनै संघ संस्थाले मात्रै सम्भव नहुने भएकाले आम नगरबासीबाट पूर्ण साथ र सहयोगको अपेक्षा नेपालगञ्ज उपमहानगरपालिकाले गरेको छ ।
    धन्यवाद !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology