नेपालगन्ज ०९ चैत्र
नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक सेवा बाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपिल गरेको छ । आइतवार बसेको संघको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यक बस्तु तथा सेवाको काम बाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको निर्देशन अनुसार, उद्योगी, व्यवसायीले अर्को निर्णय नहुँदासम्म चैत २१ गतेसम्म आफ्नो व्यापार व्यवसाय बन्द गरी बिश्वभर फैलिएको कोरोना संक्रमण बिरुद्धको अभियानमा साथ र सहयोग गरिदिनु हुन अपील गर्ने गरेको हो । संघले अध्यक्षको संयोजकत्वमा पदाधिकारी र प्रवक्ता सहित रहने गरी बिपतकालिन राहात कोष परिचालन समितिलाई प्रभावकारी बनाउन कार्यान्वयन परिचालन समिति गठन गर्ने र उक्त राहात कोषमा आर्थिक सहयोग गरिदिनु हुन सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपील गर्ने निर्णय गरेको छ ।
