साहिल अन्सारी
नेपालगन्ज ८ चैत्र
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथमा राष्ट्रिय खेलकुद परिषद, नेपाल मार्शल आर्टस हाप्किडो संघको आयोजनामा शनिवार बाँके जिल्ला संघ गठन गरिएको छ ।
बुद्दिराम बर्तौलाको अध्यक्षतामा ११ जनाको समिती चयन गरिएको छ । जसको उपाध्यक्षमा अतुल कुमार गुप्ता, मोहम्मद मोहसिन हलवाई, सचिवमा बिशाल नागवाग, कोशाध्यक्षमा मिना मल्ल, सदस्यमा सपना पारीयार, अन्कित मिश्र, आदिल अन्सारी, सहाबुद्दिन् हल्वाई, गोबिन्द दर्नाल, रहिस हल्वाई हुने गरी समिती चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष काली बहादुर घरती मगरले नवगठित समितिउलाई बधाई दिदै आगामी दिनमा खेल क्षेत्रलाई अझै प्रोत्साहन गर्ने बताउनु भएको छ । राष्ट्रलाई खेलको माध्यमबाट चिनाउने कुरालाई औल्याउनु भयो । सो कार्यक्रममा नेपाल मार्शल आर्टस हाप्किडोका केन्द्रिय सदस्य हरी बहादुर सुनुवार, सुवर्ण बि सि प्रदेश ५ का अध्यक्ष धन बहादुर दमाई, सचिव भुवन बुढा मगर बक्सिग संघका जिल्ला उपाध्यक्ष ओकिल अहमद लगायत बिभिन्न युवा सन्जालहरुको उपस्थिती रहेको थियो ।
