साहिल अन्सारी
नेपालगन्ज ८ चैत्र
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ स्तरिय युवा क्लबको आयोजना तथा मानव अधिकार तथा शान्ति समाजको सहाकार्य र वडा नं. ११ को वडा समितिको कार्यालयको सहयोगमा कोरोना भाइरस विरुद्ध मास्क बितरण तथा जनचेतना मुलक कार्यक्रम शनिवार सप्पन्न भएको छ ।
विश्व भरी महामारीको रुपमा फैलिदै गरेको कोरोना भाईरसबाट आम जनमानसमा सचेतना फैलाउन र भाइरसबाट आफू पनि बचौ र अरु लाई पनि बचाऔ भन्ने मुख्य अभिप्रायका साथ वडाको प्रत्येक घर धुरीमा मास्क बितरण गरिएको वडा युवा कल्ब का अध्यक्ष विशाल कश्यपले बताउनु भयो ।

वडाको गरिब बस्ती तथा मास्क समेत किन्न नसक्ने घर परिवार तथा सो ठाउँका बालबालिकालाई प्रमुख प्राथमिकतामा राखी बितरण गरिएको क्लबका कोषाध्यक्ष ईरफान अलि रङ्गरेज (अरसद) ले बताउनुभयो । वडा युवाले सन्जाल वर्तमान परिस्थितिलाई मध्येनजर गर्दै यस्तो सचेतनामुलक क्रियाकलाप गरेको प्रशंसा गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा न. ११ का वडा अध्यक्ष उज्ज्वल सिंह राठौरले आफू पनि हरेक घरधुरीमा पुगि मास्क बितरण गर्दै जनचेतना फैलाउदै वडाबासीलाई बिशेष सरसफाइमा ध्यान राख्न जोडदिनु भयो ।
सो कार्यक्रममा वडा सदस्य मुबारक अलि सिद्दिकी, माया कनोजिया, रुबि लखेर मानव अधिकार तथा शान्ती समाजका अध्यक्ष कृष्ण पाण्डे लगायत वडा का युवाहरूको उपस्तिथि रहेको थियो ।
