साहिल अन्सारी
नेपालगन्ज ८ चैत्र
विश्व ब्यापी रुपमा आतंकित बन्दै गएको कोरोना भाइरस फैलिदै गरेको बेला नेपालगन्ज मेडिकल कलेजका चिकित्सक डा.रोमन किदवाई र दारुल उलुम फैजुन्नबी जामा मस्जिदको सयुक्त अगुवाइमा नेपालगन्जको विभिन्न मदरसाहरुमा मास्क र सेनिटाईजर बितरण गरिएको छ । शनिवार एक्लैनी स्थित जामा मस्जिदमा सम्पुर्ण मदरसाका संचालक एवम धर्मगुरु हरुलाई सहभागी गराई सयुक्त रुपमा बितरण गरिएको हो । कार्यक्रममा बोल्दै डा. रोमन किदवाईले हाल बिभिन्न मुलुकमा कोरोना भाईरस का कारण धेरैको ज्यान गैसकेको अवस्थामा हामी सबै पुर्व तयारी तथा स्वयंम सतर्क हुन आग्रह गर्नु भयो ।

सो कार्यक्रममा मुस्लिम धर्म गुरु अब्दुल जब्बार मन्जरी, जामा मस्जीद का मुफ्ती कैफुलवरा खान, जामा मस्जिद तथा ईदगाह सन्चालक समितिका पदाधिकारी लगायत विभिन्न मदरसाका धर्मगुरुको उपस्थिति रहेको थियो ।
