(Wednesday 28th of October 2026)
`

सिमानाका तत्काल सिल गर्ने टास्कफोर्सको निर्णय

  • सगरमाथा गन्तब्य
  • 22.1K
    SHARES

    कृष्ण बहादुर जिसी, नेपालगन्ज ८ चैत्र- बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सले विभिन्न निर्णय गरेको छ । खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने, आईतबारसम्म लायन्स डेन्टल अस्पतालमा आईसुलेसन स्थापना गर्ने, आईसुलेसन ४० बेडको हुनेछ, वडास्तरमा क्वारेन्टाईनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आईसुलेसनका लागि आम नागरिकमा आव्हान गर्ने, कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने, बैठकमा सीमा नाका तत्काल सिल गर्न सहभागीको अपिल ।
    बैठकमा प्रदेशसभा सदस्य कृष्ण केसी, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, नेकपा बाँकेका सचिव अशोक कोइराला, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, जिल्ला प्रहरी प्रमुख एसपी वीरवहादुर वली लगायतको सहभागिता । उपप्रमुख मगरका अनुसार बजार बन्दको निर्णय आईतबारदेखि कार्यान्वयन हुनेछ । यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाले शनिबार स्वास्थ्यकर्मीका लागि शनिबार अभिमुखि– करण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले ज्यानको बाजी लगाएर हालसम्म सीमाक्षेत्रमा खटिएको भन्दै तत्काल सुरक्षाको उपाय अपनाउन माग गरेका हुन् ।


    स्वास्थ्यकर्मीहरुले आधारभुत मापदण्ड अनुसारका सामान दिन माग गरेका हुन् । मास्क, एप्रोन, पिपिई, स्यानीटाईजर लगायतका सामाग्री उपलब्ध नभए हेल्थडेस्कमा काम गर्न नसकिने भन्दै उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको ध्यानाकर्षण गराएका छन् ।
    कार्यक्रममा भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले कोरोना विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै स्वास्थ्यकर्मीहरुको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
    उहाँले स्वास्थ्यकर्मीहरु २४ सै घण्टा काममा खटिन तयार भएको बताउँदै स्वास्थ्यमा भने सम्झौता गर्न नसकिने स्पष्ट पार्नुभयो ।
    नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्यकर्मीको सुरक्षाका लागि उपमहानगरपालिकाका अत्यन्त गम्भिर रहेको भन्दै केन्द्र र प्रदेश सरकारसँग निरन्तर समन्वय भईरहेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology