(Wednesday 28th of October 2026)
`

वडा नं. २ ले वडाबासीको स्वास्थ्य परीक्षण गर्ने

  • सगरमाथा गन्तब्य
  • 16.2K
    SHARES

    नेपालगन्ज ७ चैत्र
    नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ ले घुम्ती टोली बनाएर वडाबासीको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोरोना भाईरस (कोभिड–१९) बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएका कारण त्यसबाट जोगिन वडास्तरमा सचेतना अभियान चलाउन सुरु गरिएको वडा अध्यक्ष सुनिलसिंह हमालले जानकारी दिनुभयो ।


    वडा कार्यालयले घुम्ती टोली बनाएर भिडभाड हुने स्थानमा हेल्थडेस्क राखेर वडाबासीको स्वास्थ्य परीक्षण गर्ने भएको छ । शुक्रबार नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायबीचको बैठकले टोलटोलमा जनचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ ।
    वडा अध्यक्ष हमालले जनचेतनामुलक प्रचार सामाग्री वितरण गरिने बताउनुभयो । वडा कार्यालयले तत्काल ५० हजार रुपियाको कोष बनाएर कोरोना विरुद्धको अभियान सञ्चालन गर्न लागेको हो ।


    जनप्रतिनिधी, कर्मचारी गैरसरकारी संघ संस्था, उद्योगी ब्यवसायी, आम समूह, बाल सञ्जाल, जेष्ठ नागकि सञ्जाल, स्वास्थ्य स्वयमसेविक सम्मिलित बैठकमा उपप्रमुख मगरले वडा कार्यालयले कोरोना विरुद्ध सुरु गरेको अभियानको प्रशंसा गर्दै यसको प्रभावकारितामा जोड दिनुभयो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोरोना र यसबाट बच्ने उपायबारे सहजिकरण गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology