(Wednesday 28th of October 2026)
`

कोरोनाबाट बच्न बिद्यार्थीहरुलाई जानकारी प्रदान

  • सगरमाथा गन्तब्य
  • 10K
    SHARES

    बाँके–६, चैत्र
    कोरोना भाइरसको संक्रमणबाट बच्न बिद्यार्थीहरुलाई जानकारी प्रदान गरिएको छ । बिहिबार नेपालगञ्जस्थित सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी तथा केही अभिभावकलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जानकारी प्रदान गरिएको हो ।

    कोरोना भाइरसको जोखिम बढेपछि २५ जनाभन्दा बढि मानिस एक ठाउँमा जम्मा नहुन अनुरोध गरेको छ । सोही नियममा रहेर नेपालगञ्जस्थित बिपन्न बालबालिकालाई सहयोग गर्दै आएको सामाजिक बिकास मंच बाँकेले बिहिबार बिद्यालयमा केही बिद्यार्थी र अभिभावकलाई कोरोना भाइरसबारे जानकारी दिएको छ । सो क्रममा मंचका शिक्षा अधिकृत बृजेश ठाकुर र सुपरभाइजर इन्द्रा खडकाले कोरोनाबाट हुने संक्रमणको माध्यम तथा बच्न अपनाउनुपर्ने तरिका र हात धुने अभ्यासका बारेमा जानकारी दिनुभएको थियो । सो क्रममा हातलाई सफा राख्न प्रयोगात्मक रुपमा हात धुने अभ्यास प्रस्तुत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology