(Wednesday 28th of October 2026)
`

सामाजिक रुपान्तरणका लागि दलित तथा अन्य समुदायलाई सचेतना तालिम

  • सगरमाथा गन्तब्य
  • 15K
    SHARES

    नेपालगन्ज ०६ चैत्र
    सामाजिक रुपान्तरणका लागि दलित तथा अन्य समुदायलाई दुई दिने सचेतना तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।
    नेपाल उत्पीडित उत्थान बिकास समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपलिका वडा नं. २ को आर्थिक सहयोगमा सामाजिक रुपान्तरणका लागि दलित तथा अन्य समुदायलाई सचेतना तालिम प्रदान गरिएको हो । तालिम बुधवार र विहीवार संचालन भएको थियो । दुई दिने तालिम कार्यक्रमको समापन कार्यक्रमको प्रमुख आतिथ्यता नेपालगन्ज उपमहानगरपालिका वड नं.२ का वडा अध्यक्ष सुनिल सिंह हमाल रहनुभएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष हमालले दलित र अन्य जातिमा समान हिसावले हेर्न आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो ।

    पिछडिएका र पछि पारिएका दलित, जनजाति, आदिवासी, मुस्लिम, मधेशी र अल्पसंख्यक समुदायलाई उत्थानका लागि राज्यले पनि अवसर प्रदान गर्र्दै आएको कुरा उहाँले उल्लेख गर्नुभयो । अवसरबाट बन्चित गराएका र पिछडा बर्गका लागि छुट्टै किसिमको व्यवस्था पनि राज्यले गर्दै आएको उहाँले जानकारी गराउनुभयो । कानुनले कसैलाई काखा कसैलाई पाखा नगर्ने भएको हुनाले सवैको लागि कानुन बराबर रहेको वडा अध्यक्ष हमालले जानकारी गराउनुभयो ।
    वडामा सचेतना मुलक तालीमहरु संचालन भैरेहेका छन् र अझ पनि गर्ने र गराउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सदैव आफू र आफ्नो वडाका तर्फबाट तत्पर रहने बाचा वडा अध्यक्ष हमालले व्यक्त गर्नुभयो । महिलालाई सामाजिक कार्यमा अगाडि बढाउनका लागि राजनीतिक दलले अवसर दिन आवश्यक रहेको सहभागिहरुको जोड थियो । राज्यले महिला र पिछडा बर्गलाई अवसर नदिएको उनिहरुको थम्याई रहेको थियो । नेतृत्व बिकास र क्षमता अभिबृद्धीका लागि, विभिन्न किसिमको सेवा सुबिधाबाट बन्चित भएकालाई यस्तो खालको तालिमको खाँचो रहेको वडा नंं. २ का वडा सदस्य धुव्र प्रसाद दाहालले जानकारी गराउनुभयो ।


    कानुनमा दलितका हक अधिकार सुनिश्चित गर्नका लागि के कस्तो कानुन हुन आवश्यक छ त्यसबारे सचेतना गराउन सहभागिहरुले भनाई राखेका थिए । दुई दिनको तालिमले कानुनको बारेमा जानकारी लिन कम समय भएको उनिहरुले आयोजक समक्ष गुनासो गरेका थिए । जातीय विभेद ,लैङ्िगक हिंसाका लागि आफू कसरी बच्ने जस्ता विभिन्न बिषयमा दुई दिनको तालिममा जानकारी गराइएको थियो ।
    दुई दिने तालिम नेपाल उत्पीडित उत्थान बिकास समाज बाँकेका अध्यक्ष तथा तालिमका प्रशिक्षक लोक बहादुर परियार र संस्थाका सदस्य तथा प्रशिक्षक तिला धामीले तालिम दिनुभएको थियो । उत्पीडित समुदायका उत्थान र समस्याका लागि आयोजकले निरन्तर सहयोग र जनचेतनामूलक कार्यक्रम सन्चालन गर्ने संस्थाका अध्यक्ष लोक बहादुर परियारले भन्नुभयो । सामाजिक राजनीतिक आर्थिक क्षेत्रबाट पछाडि पारिएका समुदायको हक अधिकारका लागि संस्थाले आवाज उठाउदै आएको उहाँले जानकारी गराउनुभयो ।
    सो कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, वडा नं. २ का स्थानियवासी लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन नेपाल उत्पीडित उत्थान बिकास समाज बाँकेका सदस्य तिला धामीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology