(Wednesday 28th of October 2026)
`

कोरोनाबारे जानकारी दिन माइकिङ्ग

  • सगरमाथा गन्तब्य
  • 12.5K
    SHARES

    नरैनापुर ५ चैत्र
    बाँकेको नरैनापुर गाउँपालिकाका थप ४ स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । यसअघि एक स्थानमा हेल्थ डेस्क स्थापना गरिएको थियो । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्न भारत आवतजावत हुने थप चार स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको हो ।
    गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार भएको बैठकमा रोशनपुर्वा, घोरदौरिया, भगवानपुर र सोनबर्षामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिनुभयो । सुइया नाकामा भने यसअघि नै हेल्थ हेस्क स्थापना गरिएको थियो । भारतको उत्तर प्रदेशमा पनि कोरोना संक्रमित विरामी भेटिएकाले खुला सीमाका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै नरैनापुरबाट भारततर्फ बढी आवतजावत हुने स्थानमा अनिवार्य स्वास्थ्य परिक्षण गर्ने गरी हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तिायक अहमद शाहले बताउनुभयो ।
    ‘सकेसम्म अब सीमा वारपार नगर्न हामी सबै नागरिकलाई अपिल गर्दछौं, अत्यावश्यक काम बाहेक अन्य समयमा धेरैं हिंड्डुल नगर्न हाम्रो आग्रह छ,’ अध्यक्ष शाहले भन्नुभयो, ‘पूर्व सावधानी स्वरुप नरैनापुरका विभिन्न क्षेत्रबाट भारत आवजआवत गर्ने नागरिकको स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गर्ने ब्यवस्था मिलाउँछौं ।’ प्रत्येक हेल्थ डेस्कमा एक सिफ्टमा दुई जना स्वास्थ्यकर्मी रहने गरी प्रहरीको सहयोग लिएर हेल्थ डेस्क सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख खाँले बताउनुभयो ।
    त्यस्तै सर्वसाधारणलाई कोरोना भाइरसका लक्षण र यसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजकताका बारेमा जानकारी दिन माइकिङ्ग गर्ने निर्णय भएको छ । माइकिङ्ग गर्दै घरघरमा पर्चा पम्प्लेट पनि वितरण गरेर नागरिकलाई स्वास्थ्य सजकता अपनाउन अपिल गरिने स्वास्थ्य शाखाका उपप्रमुख नागेन्द्र कुमार शाहले बताउनुभयो ।
    स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाहीले खुला सीमाका कारण नरैनापुरमा पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै भारत आवतजावतमै कडाई गर्न जरुरी रहेको बताउनुभयो । सर्वसाधारणलाई कोरोनाको संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन आवश्यक रहेकाले जनप्रतिनिधिहरुले यसतर्फ ध्यान दिनुपर्ने सुझाब दिनुभयो । सुइया नाकामा आज(बुधबार) विहान ९ बजेसम्म २ हजार ४ सय २८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology