(Wednesday 28th of October 2026)
`

नेपालगन्ज भन्सार नाकामा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारीसाधान आवतजावतमा रोक

  • सगरमाथा गन्तब्य
  • 21.8K
    SHARES

    नेपालगन्ज ०५ चैत्र
    नेपाल–भारत सीमानाका बुधवार ठप्प जस्तै देखियो । सिमा नाका पुग्न ३ ठाउँमा चेकजाँच राखिएको छ । बाँकेसंग जोडिएको नेपाल भारत सिमा भित्री नाकाहरु बन्द गरिएका छन् । मुख्य नाका जमुनाहमा तीन ठाउँमा चेकजाँच गरिएको छ । सीमामा आवातजावत गर्ने यातायातका साधन बन्द गरिएको छ । मानिसहरु पैदल नै आवातजावत गरिरहेका छन् । दुवै तर्फ लाइन लगाएर चेकजाँच सुरु गरिएको छ ।
    यसअघि भारत सरकारका स्थानीय अधिकारीहरुले नेपाली समकक्षीसँग आफ्ना नागरिकलाई भारत पठाउने सकेसम्म रोक्न आग्रह गरेका छन् । बाँकेको सीमावर्ती भारतीय जिल्ला बहराइचका जिल्ला अधिकारी शम्भु कुमार, प्रहरी प्रमुख विपिन कुमार सहितको टोली नेपालगन्जमै पुगेर ‘सकेसम्म मानिस नपठाउन’ आग्रह गरेका थिए । दुई दिनअघि बर्दियाको ठाकुरद्वारामा भएको दुई देशका सीमा स्थित अधिकारीहरुको बैठकमा पुग्न नसकेका बहराइचका जिल्ला अधिकारी शम्भु कुमार उत्तरप्रदेशमा बढ्दो कोरोनाको संक्रमणपछि नेपालगन्ज आइपुगेका हुन् । सीमावर्ती रुपैडिहा चेकपोष्टको स्थलगत निरीक्षण गरी कोरोना भाइरसको संक्रमण, नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएका बहराइच जिल्ला अधिकारी शम्भु कुमारले नेपालीहरुको थाम्नै नसक्ने भीड देखेपछि नेपाली अधिकारीहरुसँग भेट्न नेपालगन्ज आएको उहाँले जानकारी गराउनुभयो ।


    मंगलवार नेपालगन्जमा पुगी उच्च बाँकेका उच्च अधिकारीहरुसंगको छलफल पछि नेपाल भारत सिमानाका अत्यावश्यक बस्तु बाहेकमा रोक लगाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले जानकारी दिनुभयो । अधिकारीले नेपाली सुरक्षा अधिकारीसँग यतिसम्मको प्रस्ताव गरे कि, ‘दैनिक उपभोग्य सामानका कारण भोकमरी नै लाग्ने हो भने सीमावर्ती नेपाली भु–भागमा ठाउँ दिनुस् ती अत्यावश्यकीय सामाग्रीको छुट्टै पसल सञ्चालन गरिदिन्छौं ।’ त्यसो गर्दा रुपैडिहाकै दरभाउमा उपभोग्य सामान उपलब्ध गराउने सुनिश्चितताका लागि भारतीय व्यापारीसँग आफुले पहल लिने प्रतिबद्धता पनि भारतीय अधिकारीहरुले प्रस्ताव राखेको उहाँले जानकारी गराउनुभयो । नेपालबाट भारत तर्फ जानै पर्ने मानिसलाई अनिवार्य चेकजाँच गरेर पठाउन र भारतबाट आएकाहरुलाई सीमामै चेकजाँच गरेर प्रवेशको व्यवस्था मिलाउन पनि दुई देशका समकक्षी अधिकारीहरु बीच छलफल भयो ।
    अनौपचारिक रुपमा एक्कासी नेपालगन्जको एउटा होटलमा आएका भारतीय उच्च अधिकारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँकेका प्रहरी प्रमुख वीर बहादुर ओली, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतसंग भेटबार्ता गरिएको थियो । ‘नाकाको अवस्था देखेपछि अत्तालिएका डिएम गम्भीर ढंगले समाधानका लागि नेपाली अधिकारीलाई भेट्न नेपालगन्ज पुगेको उहाँले जानकारी गराउनुभयो । भारतीय अधिकारीले नेपाली समकक्षीसँग निकै चिन्ताजनक ढंगले प्रस्तुत भएपछि तत्कालैदेखि नाकामा नियमन कडाईको सहमति जनाइएको छ ।


    बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काका अनुसार, नेपालगन्ज नाका बाहेकका सबै अनौपचारिक नाकाहरु बन्द गरिएका छन् । नेपालबाट जाने सवारीसाधनहरु अब सीमापार जान पाउने छैनन् । ‘जुन साधन जहाँ छ त्यही रोक्न निर्देशन दिइएको छ’, प्रजिअ खड्काले भन्नुभयो ‘पारिबाट पनि कुनै सवारी साधन आउने छैनन् ।’ यो निर्णयसँगै नेपालगन्जबाट दिल्ली, लखनउ लगायतका सहरमा सिधा आवागमन गर्ने यात्रुवाहक बसहरु अर्को निर्णयसम्मका लागि रोकिएका छन् । ‘अबबाट दशगजामै टेन्ट लगाएर चेकजाँच गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाइनेछ’, बाँकेका प्रहरी प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भन्नुभयो । थप जनशक्तिको व्यवस्थापन मिलाएर सम्पूर्ण आवागमन गर्ने मानिसहरुको चेकजाँच गरिने उहाँको भनाइ थियो ।
    ‘सीमापारी भारतले गर्ने चेकजाँच र हामीले गर्ने चेकजाँचको तथ्यांक मिल्ने गरी व्यवस्था मिलोस् भन्नेमा गम्भीर छौं’, प्रहरी उपरीक्षक ओलीले त्यसका लागि सुरक्षाकर्मीले सहयोग गर्ने बताउनुभयो । कोरोना भाइरस संक्रमण फैलिन नदिन पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा सवारीसाधन संचालनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको हो ।


    सवारीसाधन सन्चालनमा रोक लगाए पनि आवात जावत भने यथावत छ । भारतबाट घर फर्किने नेपालीको संख्या उल्लेखिय मात्रामा रहेको छ । नेपालगन्जका उद्योगमा आउने (साइकल यात्री) कामदारदेखि अन्य नागरिकहरु सीमामै रोकिएका छन् । बुधवार बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् । विहानैदेखि नाकामा चेकजाँच गर्दा अधिक ज्वरो आएका ७ जनालाई थप परिक्षणका लागि नेपालगन्ज भेरी अस्पतालमा चेकजाँचका लागि रिफर गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology