(Wednesday 28th of October 2026)
`

बाँचुञ्जेल कला क्षेत्रमै रहन्छु : सुनिता चौधरी (फोटो फिचरसहित)

  • सगरमाथा गन्तब्य
  • 33.5K
    SHARES

    भगतराम थारु
    नेपालगन्ज ०५ चैत्र
    कलाभित्र कला लुकेको प्रतिभा कमै कलाकारमा पाउन सकिन्छ । हरेक प्रकारको कला दिनसक्ने प्रतिभावान व्यक्ति पनि हामीमाझ भएपनि बाहिर आउन नसकेको अवस्था छ । लामो समय नाट्क, मोडलिङ्ग, डान्सिङग, गायिका र जस्तो सुकै कला प्रस्तुत गर्न सक्ने क्षमतावान प्रतिभा भएका व्यक्ति हुन कलाकार सुनिता चौधरी । बर्दिया गुलरिया नगरपालिका वडा नं. १ गाउँ नं. १५ का स्थानियवासी सुनिता चौधरीमा हरेक खालको प्रतिभा देखाउन सक्ने क्षमता भएको गुण छ उनिमा । कलाकारितालाई अति नै माया गर्ने सुनिता विरामी पर्दा पनि कतै अवसर आएको खण्डमा हिड्न सक्ने हुनुपर्छ पुगिहाल्ने गरेको उहाँले बताउँनुहुन्छ । सानै उमेरदेखि कलाक्षेत्रमा लागेर देशको लागि केही गर्ने सोचका साथ यो पेशालाई अंगालेको सुनिताले बताउनुहुन्छ ।

    माइली दिदीको प्रतिभा कला देखेर झनै हौसला जागेको उहाँले बताउनुहुन्छ । दिदीले खेलेको नाटकबाट प्रभावित भई यस क्षेत्रमा प्रवेश गरेको बताउनुुहुन्छ सुुनित । ९ बर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरि निरन्तरता दिदै आएको छु सुनिताले भन्नुभयो । कला भएपछि कलाकारिताक्षेत्रमा बाँच्न गाह्रो नभएको उहाँले बताउँनुहुन्छ । सुनिताले २०७१ सालमा बन सम्बन्धिको नाटकबाट कलाकारिता क्षेत्रमा चिनिन थालेको बताउँनुहुन्छ । बन संरक्षणसम्बन्धि नाटकमा पहिलो भुमिका खेलेपछि अवसर पाउन थालेको बताउनुहुन्छ । त्यसपछि उहाँलाई प्लेव्याण्ड थिएटर, मण्डला थिएटर, थारु कथानक चलचित्र भुरभुरा रहरमा सहायक हिरोइन, करोट नाटक, टेली सिरियल दृष्टि टिम, थारु कथानक चलचित्र गोत्यार लगायत म्युजिक भिडियोमा पनि अभिनय गर्न अवसर मिलेको उहाँले बताउनुभयो ।


    ४ जनाको परिवार रहेको सुनितालाई घरपरिवारको पुर्णरुपमा साथ र सहयोग रहेको उहाँले जानकारी गराउनुभयो । सडक नाटकबाट जमेका सुनितालाई अहिले अवसरै अवसर मिल्दै आएको उहाँ बताउनुहुन्छ । अझै पनि सडक नाटकमा व्यस्त छु । सप्तरंगी मंच बर्दिया, सुर्योदय सांस्कृतिक प्रतिष्ठान गुलरिया, लगायतका टिमसंग नियमित नाटक खेल्ने गरेको उहाँले बताउँनुहुन्छ । घरपरिवारबाट पुरा साथ सहयोग रहेको हुनाले घरमा भएको कामलाई स्थगित गरेर पनि कलाकारितालाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेको छु यसमा घरपरिवारले गुनासो गर्दैनन् उहाँले भन्नुभयो । सवै घरपरिवारले बुझेका छन् ।
    विरामी पर्दा पनि कलासम्बन्धि केही अवसर आए सन्चो नै हुने गरेको भाम महसुस हुने उहाँले बताउनुभयो । आफुले कलाकारिता क्षेत्रलाई हदैसम्म माया गर्ने भएको हुनाले म बाचुञ्जेल कलाकारिता क्षेत्रमै रहने उहाँले प्रतिवद्धता जनाउनुभएको छ । व्याचलर सकेका सुनिताको प्रतिभा देखेर नाट्यकारहरुले अवसर प्रदान समेत गरेको उहाँले बताउनुभयो । लामो समय कलाकारितामा जमेका सुनिताको प्रतिभा देखेर सुनितालाई विभिन्न खाले सम्मान र पुरस्कार समेत हात लागिसकेको उहाँले बताउनुभयो । सुनिता भित्र कलाको गुण छ उहाँको प्रतिभा हेर्न लायक हुन्छ कोहलपुरका केशव चालिसेले भन्नुभयो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology