साहिल अन्सारी
नेपालगन्ज ०४ चैत्र
स्याक नेपाल, बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा किशोरीलाई लैंङ्गिक र यौन प्रजनन तथा स्वास्थ्य सम्बन्धि ३ दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका वडा न. १, १०, २१, १३ का वडा स्तरीय बाल क्लब तथा किशोरी क्लबका किशोरीहरुलाई तीन दिने उद्घोषण, लैंगिक र यौन प्रजनन तथा स्वास्थ्य सम्बन्धि ३ दिने तालिम नेपालगन्जमा सम्पन्न भएको हो । उदघोषण सीप ,लैंगिक र यौन प्रजनन तथा स्वास्थ्य सम्बन्धि तालिम दिइएको हो । ३ दिने तालिमको सहजीकरण स्याक नेपालका टिम लिडर नेत्रकला शाही, बिनिता राना श्रेष्ठ, बासका निर्देशक नमस्कार शाह लगायतले गर्नु भएको थियो ।
बालबिवाहको रोकथामको लागि किशोरीलाई उनीहरुलाई हक, अधिकार सम्बन्धि सचेत गर्ने उद्देश्यले स्याक नेपाल, बाँकेले सो तालिमको आयोजना गरिएको स्याक नेपाल, बाँकेका सुपरभाइजर अकलिम खानले जानकारी दिनुभयो ।
सो तालिममा वडा १ बाट धम्बोझी वडा स्तरीय किशोरी क्लब, १० बाट वडा स्तरीय किशोरी क्लब, २१ बाट उज्वल किशोरी क्लब, १३ बाट वडा स्तरीय क्लब का २५ भन्दा बढी किशोरीहरुको सहभागी रहेको थियो ।
