(Wednesday 28th of October 2026)
`

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • सगरमाथा गन्तब्य
  • 11.7K
    SHARES

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य घटाएको छ ।
    यससँगै राजधानीमा पेट्रोल प्रतिलिटर १०६ रुपैया र डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ । नेपालगन्जमा भने पेट्रोल प्रतिलिटर १०४ रुपैया ५० पैसा र डिजेल र मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
    निगमले आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको छ । समायोजनपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९० कायम भएको छ । खाना पकाउने एलपी ग्यास र बाह्य उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत छ । अन्तर्रािष्ट्रय बजारमा इन्धनको मूल्यमा गिरावट आएसँगै मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology