(Wednesday 28th of October 2026)
`

अटो रिक्सामा निगरानी, एकैदिन ७२ रिक्सा कारवाहीमा

  • सगरमाथा गन्तब्य
  • 18.1K
    SHARES

    कृष्ण बहादुर जिसी, नेपालगन्ज ०३ चैत्र- नेपालगन्ज उपमहानगरपालिकामा चल्ने अटो रिक्सामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले निगरानी बढाएको छ । अटो रिक्साका कारण दिनानुदिन दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अटोरिक्सामा निगरानी बढाएको हो । ट्राफिकले अटोरिक्सामा नम्बर प्लेट नभएको, अन्यत्र ठाउँको नम्बर प्लेट, नम्बर प्लेट कहाँ राख्ने, गाडीको कागजपत्र लगायतमा निगरानी गरि कारवाही प्रक्रिया थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
    नम्बर प्लेट नभएको दर्ता प्रक्रिया नपुगेको, अटो रिक्सालाई नियन्त्रण गरि कारवाही प्रक्रिया अगाडी बढाउने गरेको जिल्ला टाफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबेन्द्र बमले जानकारी गराउनुभयो ।
    अटो रिक्सका कारण दैनिक सवारीसाधान दुर्घटना हुने गरेको हुनाले स्थानिय स्तरबाटै यसको निगरानी गरि रोकथाम गरिनुपर्ने दवावका आधारमा रिक्सालाई नियम अनुसार सन्चालन गराउन यस्तो खालको चेकजाँचमा कडाई गरिएको उहाँले जानकारी गराउनुभयो ।
    दैनिक चेकजाँच गर्दा १०, १२ वटा अटोरिक्सा नियन्त्रणमा लिदै कारवाही गर्ने गरेका थियो उहाँले भन्नुभयो । आइतवार बढि जनशक्ति प्रयोग गरि थप निगरानीका साथ अगाडी प्रक्रिया थालिएको उहाँले बताउनुभयो । बढि मात्रामा अटो रिक्साका कारण दुर्घटना हुने र मापदण्ड पुरा नगरि चलाउने भएको कारण अटो रिक्सा बढि कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायव निरिक्षक साई भरत प्रसाद पौडेलले जानकारी गराउनुभयो ।
    दैनिक चेकजाँचमा कडाई गरेका छौ पौडेलले भन्नुभयो । आइतरवारमात्र ७२ वटा अटोरिक्सा नियन्त्रणमा लिइ कारवाही गरेको उहाँले जानकारी गराउँनुभयो । ६७ वटा अटोरिक्सालाई जरिवाना काटी सुधारका लागि छोडेको र उप्रान्त पुन भेटिए कडा कारवाही गरिने उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology