नेपालगन्ज ०३ चैत्र
बाँके नेपालगन्जको मुटु मानिने त्रिभवन चोक नागरिकलाई गिज्याई रहेको अवस्था छ । विहानै ४ बजेदेखि भिडभाड हुने त्रिभुवन चोक राती १२ बजेसम्म नागरिकको भिडभाड उस्तै हुन्छ । त्रिभुवन चोकमा हरेक नागरिकको आँखा जान्छ र उल्तै चोकले गिज्याएको जस्तो देखिन्छ । त्रिभुवन चोकको सालिक कपडाले बेरिएको अवस्थामा देख्न सकिन्छ । चोकमा जाने जो कोहीले लज्जास्पद महसुस हुन्छ भन्छन् । कपडाले बेरिएको चोकलाई सजाउन नेपालगन्ज उपमहानगरपालिकाले व्यानर ओढाएर राखेको छ । व्यानर च्यातिएको अवस्था छ । व्यानर च्यातिएको कारण वरिपरिबाट भ्वाङबाट प्रत्यक्ष यात्रुहरुलाई आवातजावत गरेको देख्न सकिन्छ । नेपालगन्जको मुटु नै हरेक नागरिकलाई गिज्याई रहँदा स्थानिय सरोकारवाला निकाय भने मौन रहेको स्थानिय नागरिकहरु बताउँछन् । लामो समयदेखि जिर्ण रहेको चोकको पुननिर्माण नगर्दा नेपालगन्जवासीलाई लज्जास्पदबोध भएको स्थानिय बालअधिकारकर्मी साहिल अन्सारीले भन्नुभयो । नेपालगन्जलाई चिनाउने साहिकलाई हामीले पुननिर्माणमा किन ढिलाई गर्ने उहाँले प्रश्न गर्दै भन्नुभयो । यो सब राजनीतिक खेल हो यसले नेपालगन्जको विकासमा ठुलो धक्का दिन्छ उहाँले भन्नुभयो । लामो समयसम्म सवैको चासो र नेपालगन्जलाई चिनाउने सालिकमा राजनीति हुन्छ भने विकासको के आश गर्नु बालअधिकारकर्मी अन्सारीले भन्नुभयो । नेपालगन्ज ऐतिहासिक शहरको रुपमा रहेको त्रिभुवन चोक नेपालगन्जलाई चिनाउनमा ठुलो योगदान राख्ने गरेको उहाँले जानकारी गराउनुभयो । नेपालगन्जका वरिष्ठ राजनीतिककर्मि, बिकासप्रेमी भनौदा अगुवा नेताहरुको प्रमुख उपलब्धिहरु मध्ये एक प्रमुख उपलब्धि त्रिभुवन चौकको यस्तो अवस्था रहेको उहाँले बताउनुभयो । चौकको नाम फोहोरी राजनीति दलगत स्वार्थका लागि हदै सम्मको राजनिती गरे तर परिणाम यस्तो अवस्था भएको हो उहाँले भन्नुभयो । नेपालगन्ज भित्र रहेका हरेक चोक मध्ये त्रिभुवन चोकको बेग्लै पहिचान रहेको स्थानिय युवा सोम गुरुङगले भन्नुभयो । अरु चोक सुतिरहेको बेला त्रिभुवन चोक व्युझिरहेको हुन्छ उहाँले भन्नुभयो । यसले त्रिभुवन चोकमात्र होइना हरेक चोक जिर्ण अवस्थामा छन् यसलाई पुननिर्माण गरि नेपालगन्जको इतिहास झल्काउन जरुरी रहेको गुरुङगले भन्नुभयो । नेपालगन्जको सौन्दर्य झल्किने खालको मुर्ती या प्रतिक चिन्ह राख्न उहाँले सुझाव दिनुभयो । त्रिभुवन चोकलाई पुननिर्माणका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलाई नेपालगन्ज उपमहानगरपालिकाले अनुमति दिएको थियो । अनुमति पाएको संघले पुन निर्माणका लागि पहल गर्दा स्थानियले विरोध गरे संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले भन्नुभयो । हामीले यसको स्वरुप फेर्नको लागि १० लाख बराबरको बजेट तयार गरिसकेका थियो उहाँले भन्नुभयो । त्रिभुवन चोकलाई परिमार्जन गरि नेपालगन्जको सान बढाउन पहल गर्दा स्थानियले विरोध गर्छन भने मेरो भन्नु केही छैने निवर्तमान अध्यक्ष बैश्यले भन्नुभयो । त्रिभुवन चोकको सालिक धेरै पहिलेदेखि कुरुप देखिरहेको अवस्थामा बनाउने पहल गर्दा केही राजनीतिक दलका अगुवाहरुले विरोध जनाएको उहाँले जानकारी गराउनुभयो । नेपालगन्जको धम्बोझी चोक, विपी चोक, पुष्पलाल चोक, गणेशमान चोक लगायतको अवस्था पनि नाजुक रहेको छ यसको संरक्षणमा सबै लाग्नुपर्ने उहाँले धारणा राख्नुभयो । लामो समयदेखि जिर्ण रहेको त्रिभुवन चोकलाई बनाउने जिम्मा नेपालगन्ज व्यापारसंघलाई दिएका थियो नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल सम्सेर राणाले भन्नुभयो । जिम्मा दिएको काममा पनि बाधा पाएपछि सो कार्य पनि रोकिएको उहाँले जानकारी गराउनुभयो । केही समय मै अव त्रिभुवन चोकमा राष्ट्रिय झण्डा र मार्वल लगाएर चिटिक्क बनाउने योजना रहेको उहाँले जानकारी गराउनुभयो । केही समयको लागि चिटिक्क राम्रो देखिने बनाउदै छौ पछि विवाद नआएपछि राम्रो त्रिभुवन चोक बनाउने उद्देश्य रहेको नगरप्रमुख राणाले बताउनुभयो । त्रिभुवन चोकमा विहानै करिव सय दुई सयको हाराहारीमा मजदुरी गर्ने नागरिकको भिड लाग्ने गर्दछ भने साँझाको समयमा त्रिभुवन चोकको पानीपुरी, चटपटे, पान, रावडी, आइसक्रिम लगायतका परिकार खाना ठुलो संख्यामा भिड लाग्ने गरेको पाइन्छ ।
