(Saturday 25th of July 2026)
`

नेपाली काँग्रेस बाँकेको सभापतिमा गौडेल

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज – नेपाली काँग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । १९ र २० गते भएको निर्वाचनमा गौडेल निर्वाचित भएका हुन् । उहाँका निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै पाँच वर्षका लागि गौडेल निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेका छन । सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो । मतदानमा १६ मत बदर भएको छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology