(Saturday 25th of July 2026)
`

मजदुरका लागि औद्योगिक क्षेत्र परिसर भित्रै स्वास्थ्य परिक्षण शिविर

  • सगरमाथा गन्तब्य
  • 13.8K
    SHARES

    आशा परियार – नेपालगन्ज : नेपालगन्जमा निशुल्क स्वास्थ्य परिक्षण शिबिर संचालन गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा नेपालगन्जमा शुक्रवार निशुल्क स्वास्थ्य परिक्षण शिबिर संचालन गरिएको हो । नेपालगन्ज औद्योगिक व्यवस्थ्यापन कार्यलय, नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको सहकार्य र नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा औद्योगिक क्षेत्र परिसरका मजदुरहरुको लागी आँखा नाक, कान, घाँटी सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण शिबिर संचालन गरिएको नेपालगन्ज औद्योगिक व्यवस्थापन कार्यालयले बाँकेले जनाएको छ ।
    औद्योगिक क्षेत्र परिसरमा दिनाहु मेसिनद्धारा काम गर्ने मजदुरहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य परिक्षण शिबिर संचालन गरिएको नेपालगन्ज औद्योगिक व्यवस्थापन कार्यलयल बाँकेले जानकारी गराएको छ । औद्योगिक क्षेत्र भित्र रहेका मजदुरहरुको स्वास्थ्य अवस्था थाहा पाउन र यदि कुनै मजदुरलाई गम्भिर खालको समस्या देखा परेमा उनिहरुलाई तुरुन्तै प्राथमिक उपचार दिएर अथवा स्वास्थ्य सम्बन्धित ठाउँमा रिफर गरेर मजदुरहरुलाइ स्वस्थ्य जिवन जिउने आधार तयार पारिदिने मुख्य उद्देश्यले स्वास्थ्य परिक्षण शिबिर संचालन गरिएको औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख अध्यक्ष कृष्ण बहादुर पुनले जानकारी गराउनुभयो ।

    उहाँले औद्योगिक क्षेत्र भित्रका कारखानाहरुमा हाइ साउन्ड, धुवा, धुलोले गर्दा मजदुरहरुको आँखा नाक, कान, घाँटी लगायतमा बिशेष समस्या देखिएकाले मजदुरहरुलाई स्वस्थ्य बनाउने बातावरण बनाइ उद्योग मैंत्रीको सिर्जना गर्ने बताउनुभयो ।
    औद्योगिक क्षेत्र भित्र ३५ वटा इन्डष्ट्री संचालनमा रहेका छन । संचालनमा रहेका ३५ वटा इन्डष्ट्रिीहरुमा दिन र रात काम गर्ने ११ सय जना मजदुर रहेको अध्यक्ष पुनले जानकारी गराउनु भयो । धुलो, धुवा, ओल्डीङ्ग, साउन्डले आँखा, नाक, कान, घाटीमा असर पर्छ । यस स्वास्थ्य परिक्षण शिविरबाट मजदुरहरुलाई स्वास्थ सम्बन्धि सचेतना गराएको नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश सचिवालय सदस्य पुर्ण बहादुर के.सीले जानकारी गराउनुभयो । उहाँले मजदुर स्वस्थ्य भए उत्पादनमा पनि बृद्धी हुने सम्भावना रहेको बताउनुभयो । उहाँ मजदुरहरुले काम गरेर आफु लगायत परिवारहरुको जिवन निर्वाह गर्ने भएकाले मजदुरहरुका लागी औद्योगिक बिकास संघले स्वास्थ्यालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।
    औद्योगिक परिसर कार्यक्षेत्रमा काम गर्दा यदि कुनै मजदुरलाई आसिक या शारिरिक क्षति हुने भएकाले मजदुरहरुको लागी दुर्घटना बिमा योजना पहल गरेको नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग बिकास संघका अध्यक्ष किरण कार्कीले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेज नाक, कान, घाँटीको बिशेषज्ञ डाक्टर अन्सु शर्माका अनुसार नाक, कान, घाटीको रोगको समस्याहरुले जटीलता ल्याउने गरेको बताउनुभयो । समयमै उपचार नगरी हेलचक्राइ गर्दा जटील रोग उत्पन्न हुने भएको हुनाले समयमै चेकजाँच गराउन आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो ।


    उहाँले शुक्रवार संचालन गरेको स्वास्थ्य परिक्षण शिबिरको पर्चाबाट नेपालगन्ज मेडिकल कलेजमा १५ दिन सम्म २५ प्रतिशत स्वास्थ्य परिक्षणमा छुट गरिएको जानकारी गराउनुभएको छ । औद्योगिक क्षेत्र परिसर भवन भित्रै स्वास्थ्य परिक्षण शिविर संचालन रहँदा औद्योगिक क्षेत्र माम्साइन्ड गोरमेन्ट इन्डष्ट्रिीमा कार्यरत मजदुर मुक्तलोदीन हर्षित भएको बताउनुभयो । आफ्नो परिवारको र आफनो जिवन निर्वाह गर्नलाई काम गर्नै पर्ने काम नगरे साँझ बिहानको खाना समेत टार्न नसक्ने भएको उहाँले बताउनु भयो । साना तिनो समस्यालाइ सामान्य भनेर समय नपाउँदा पिडा सहेर बस्नु परेको उहाँले दुखेसो समेत पोख्नुभयो । मजदुरहरुको हितमा संचालन गरिएको स्वास्थ्य परिक्षण शिविरबाट आफ रोगी अथवा स्वास्थ्य अवस्थाको बारेमा थाहा पाइ निशुल्क औषधीको सेवाबाट लाभ लिन पाएकोले काम प्रति थप उर्जा मिलेको उहाँले भन्नुभयो ।


    औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख अध्यक्ष कृष्ण बहादुर पुनको अध्यक्षतामा गरिएको उक्त आँखा, नाक, कान, घाटी स्वास्थ्य परिक्षण शिबिर कार्यक्रमको प्रमुख अतिथी नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी, औद्योगिक क्षेत्र उद्योग बिकास संघका अध्यक्ष किरण कार्की, कुमार अधिकारी, नसिडेप्र ममता शर्मा, जिफन्ट राष्ट्रिय कमिटी बैकल्पीक सदस्य पुर्ण चन्द उपाध्याय, पुर्व मजदुर नेता केशाव राज गिरी, लाइन्स क्लवका मुकुट ढकाल, नाक, कान, घाँटीको बिशेषज्ञ डाक्टर अंशु शर्मा, आँखा बिशेषज्ञ डाक्टर बिक्रम बहादुर थापा लगायतको सहभागीतामा स्वास्थ्य शिविर संचालन गरिएको थियो । उक्त आँखा नाक, कान, घाँटी शिविरबाट २ सय ५३ जना मजदुरहरुलाइ निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी समेतको सेवा प्रवाह गरिएको नेपालगन्ज औद्योगिक व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology