(Saturday 25th of July 2026)
`

त्रिभुवनको शालिक हटाउन सत्ता गठबन्धनद्वारा सीडीओलाई ज्ञापनपत्र

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    नेपालगन्ज : नेपालगन्जको मुटुमा रहेको त्रिभुवनचोकमा राजा त्रिभुवनको शालीक राखिएको प्रती सत्तागठबन्धनले गम्भीर आपत्ती जनाउँदै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन । नेकपा माओवादी केन्द्र बाँके, नेकपा (एकीकृत) समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको हो । फागुन ७ गते प्रजातान्त्र दिवसका दिन राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले शालीक पुनस्थापना गरेको थियो ।
    ज्ञापनपत्रमा भनिएको छ – विगतमा भएको सर्वदलिय, सर्वपक्षिय, सहमती विपरीत एकलौटी ढंगले चुनावी फाइदाका लागी समुदायमा सम्प्रदायिक द्वन्द सिर्जना गर्ने उद्देश्यले जनआन्दोलनमा फालिएको पूर्व राजा त्रिभुवनको सालिक राखेको प्रति हामी सत्तागठवन्धन दलको गम्भीर ध्यानाकर्षण भएको छ । विगतमा पनि शालिक राख्ने विषयमा पटक–पटक बिवाद हुँदा नेपालगंज उप–महानगरपालिकाका मेयर डा. धवल शमसेर राणाको अध्यक्षतामा मिति २०७७ कार्तिक ६ गते बसेको सर्वदलिय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति भएको थियो ।
    तर सो सहमती विपरीत स्वयम मेयर राणाकै उपस्थितीमा सालिक राख्नु लोकतान्त्रिक व्यवस्थाना बोलेको ज्ञापनपत्रमा ठहर गरिएको छ ।
    नेपाली जनताको राष्ट्रिय स्वधिनता, लोकतन्त्र र सामाजीक न्यायको आन्दोलन, जनयुद्ध, जन–आन्दोलन, मधेश जनविद्रोह तथा उत्पीडित समुदायले गरेको आन्दोलन र कान्तिमा नेपाली जनताले गरेको संघर्षको दलमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा छ ।
    मुलुकमा संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता उपर गरिएको प्रहारलाई नेपाली जनताले कदापि स्वीकार्य गर्ने छैनन् ज्ञापनपत्रमा भनिएको छ । राजतन्त्र र त्यसका अवशेष अन्त्य गर्नका लागि हजारौं नेपाली आमाका सपुतहरुले आफ्नो प्राणको आहुती दिएका छन् ।
    यसरी जन–आन्दोलन, अनयूड, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान शहीदहरुको अपमान गरी प्रहरी प्रशासनकै उपस्थितीमा शालिक राख्न दिनु प्रशासनको गैर जिम्मेवारी पना र कमजोरी देखिएको छ, यसरी चोक चोकमा शालिक राखिदै जाँदा भिडन्त निम्तिन सक्छ ।
    तसर्थ तत्काल चोकबाट पूर्व राजाको शालिक हटाउन जोडदार माग गर्दछौं । प्रशासनले हटाउन नसकेको खण्डमा हामी आफैले शालिक हटाउन बाध्य हुनेछौं । र सोबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्वयम प्रशासनने हुनेछ भन्ने जानकारी गराउँदछौं ।
    नेकपा माओवादी केन्द्र बाँके नगरसभापती रतन शाही, नेकपा (एकीकृत) समाजवादी बाँके सरोज तामाङ, राष्ट्रिय जनमोर्चा नेपाल बाँके जगदीश ढकाल, जनता समाजवादी पार्टी बाँके नगर उपाध्यक्ष श्रवण कुमार यादव, कौसल धोवी, मजिद अलि शेष लगायतको नेताहरुको उपस्थिति रहेको जसपा बाँकेका जिल्ला सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
    ज्ञापनपत्र बुझदै बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले प्रहरी प्रशासनको अनुमति बिना शालिक राखिएको बताउनुभयो । उहाँले यसबारेमा आफुले सबैसँग छलफल गरेर निकास निकाल्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology