(Saturday 25th of July 2026)
`

खजुरा ४ मा घरदैलो शुरु

  • सगरमाथा गन्तब्य
  • 13.1K
    SHARES

    नेपालगन्ज : स्थानिय तहको निर्वाचन तय भएसंगै चुनाबी अभियान सुरु भएको छ । सरकारले आउँदो बैशाख ३० गते स्थानिय तहको निर्वाचन गर्ने मिति तय गरेसंगै चुनावी अभियान तिब्र पारिएको हो । स्थानिय सरकारले गर्न सक्ने बिकासहरु सम्बन्धि सुझाव संकलन गर्ने उद्देश्यले चुनाबी अभियान खजुरा गाउँपालिकामा सुरु भएको छ । खजुरा गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकवीर सुनार वडावासीको समस्या बुझ्न र भावी कार्ययोजना सम्बन्धि छलफल गर्दै जनताको घरदैलोमा पुग्नु भएको छ ।


    स्थानिय सरकारले अहिले सम्म के कति बिकास ग¥यो भन्ने विषय बारे जानकारी गराउन र जनता संग प्रत्यक्ष जोडिएर समाधान नभएका समस्याहरुको बिषयमा बुझ्न स्थानियवासीका घर घरमा पुग्दै घरदैलो कार्यक्रम गरेको वडा अध्यक्ष सुनारले जानकारी गराउनुभयो ।
    वडा अध्यक्षले जनताको समस्या बुझ्न टोल टोलमा आई घरदैलो कार्यक्रम गरेको देख्दा हामी टोलबासी धेरै खुशी छौ र भबिश्यमा यस्तो युवा नेतालाई वडा अध्यक्षमा पुनः जिताउने स्थानियवासी एकबद्ध भएर लाग्ने टेक बहादुर महतराले बताउनुभयो । घरदैलो कार्यक्रममा सहभागी महिला स्वयंसेविका रितु गिरि, हेमराज शर्मा, अनिल तिरुवा लगायतका युवाहरुको सहभागिता रहेको वडा अध्यक्ष सुनारले जानकारी गराउनु जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology