(Saturday 25th of July 2026)
`

आशा लघुवित्त संस्थाका सञ्जीत ओलीको सुपरभाइजरमा बढुवा

  • सगरमाथा गन्तब्य
  • 18.6K
    SHARES

    नेपालगन्ज – आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराका शाखा प्रमुख सञ्जित ओली बढुवा हुनुभएको छ । आशा लघुवित्त खजुरा शाखाका प्रमुख ओलीको सुपरभाइजरमा बढुवा भएको हो । लगनशिल, कर्मथ, इमान्दार, मेहनती रहेका ओलीलाई आशा लघुवित्त वित्तिय संस्थाले बढुवा गरेको छ । नेपालका धेरै जिल्लामा शाखा प्रमुख भएर इमान्दारिताका साथ कार्ययोजना सफल बनाएका ओलीलाई आशा लघुवित्तले बढुवा गरेको हो । ओली बढुवा भएपछि कोहलपुर नगरपालिका मदनचोकका व्यवसायीहरुले उहाँलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि सम्मान गरेका छन् ।

    बधाई कार्यक्रममा ओलीलाई बाँके मदनचोकका समाजसेवी लक्ष्मीराज अधिकारी, कलाकार शरण सुवेदी, उद्योगी व्यवसायी कृष्ण भण्डारी, रविन भैसी पालनका सन्चालक मान बहादुर विसी, डाइरेक्टर केशव चालिसे, आशा संस्थाका कृष्ण बोहरा लगायतले खादा ओढाएर बधाई तथा सम्मान गरेका थिए । ओलीले आशा लघुवित्तका नवरपरासी, स्याङजा, लमही, बौनिया, खजुरा लगायतका शाखा प्रमुख भएर इमान्दारिताका साथ कार्य गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology