(Saturday 25th of July 2026)
`

बि–ग्रुपद्धारा अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको समन्वयमा केएर नेपाल, एक्सन एड नेपाल, मर्सीकोर र बि–ग्रुपद्वारा सन्चालित शीतलहर आपतकालीन प्रतिकार्य परियोजना अन्तगर्त नेपालगन्ज उपमहानगरपालिकाका वडामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा सामग्री वितरण गरिएको छ । आईतवार देखि सुरु भएको सो खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रममा पहिलो दिन वडा नं. १, ४ र वडा नं. ११ का २५ जना अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
    सो कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको शीतलहरबाट प्रभावित अति विपन्न १७० धरधुरीले भौचर मार्फत रु १३,५०० बराबरको खाद्यान्न तथा न्यानो कपडा सामाग्री प्राप्त गर्नेछन् । साथै ४० जना गर्भवती र सुत्केरी महिलाले रु.२००० बराबरको पोषण खाद्यान्न प्राप्त गर्नेछन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका अति विपन्न परिवारहरुले भौचर मार्फत सामग्री प्राप्त गर्ने व्यवस्था मिलाइएको बी–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले जानकारी दिनुभयो ।
    लाभग्राहीहरुले रु.५,२०० बराबरको दाल, चामल, नुन, चिनी, तेल, साथै रु.२,५५० बराबरको पारिवारीक सामाग्री कम्बल सिरक, पिफम र रु.५,७५० को आधारभुत ब्यक्तिगत न्यानो कपडा लगायतका विभिन्न खाद्यान्न तथा न्यानो कपडा सामग्री गरी जम्मा रु.१३,५०० बराबरको प्राप्त गर्नेछन् ।
    सो वितरण कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष प्रमोद रिजाल र बि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले लाभग्राहीलाई सामाग्री वितरण गर्नुभएको थियो ।
    सो कार्यक्रममा बोल्नु हुदै नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष प्रमोद रिजालले शीतलहरबाट प्रभावित घरघुरीलाई सहयोग हुँदा विपन्न परिवारलाई यो सहयोग प्याकेजले ठूलो राहत पुगेको बताउनुभयो । त्यसै गरि बी–ग्रुपका कार्यक्रम संयोजक सोम गुरुङ्गले अति विपन्न र शीतलहरबाट प्रभावित परिवारहरुलाई नेपालगन्ज उपमहानगर पालिकाको सिफारिसमा खाद्यान्न सामाग्री तथा न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । सो वितरण कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले अनुगमन समेत गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology